विभागको महानिर्देशकमा डा. लोहनीको पदभार ग्रहण



Download our app to get more features

काठमाडौं, २० चैत । स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा डा. गुणराज लोहनीले पदभार ग्रहण गरेका छन् । 

मंगलवार विभागको कार्यालयमा पुगेर डा. लोहनीले महानिर्देशकको जिम्मेवारी ग्रहण गरेका हुन् । डा. लोहनीलाई विभागका कर्मचारीले स्वागत गरेका थिए । 

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सोमवार मन्त्रीस्तरीय निर्णय गर्दै डा. लोहनीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् । 

यसअघि डा. लोहनी सामाजिक स्वास्थ्य सुरक्षा बिमा समितिका कार्यकारी निर्देशक थिए । 

Last modified on 2018-04-05 15:43:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts