नयाँ डीजीको टेबलमा फाइलको थुप्रो, रेबिजको सुई चौबीसै घण्टा बनाउने पहिलो निर्णय  



Download our app to get more features

काठमाण्डौ । अबदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चौबिसै घण्टा रेबिजको सुई पाइने भएको छ ।

 स्वास्थ्य सेवा विभागका नवनियुक्त निमित्त महानिर्देशक डा. गुणराज लोहनीले पदबहाली लगत्तै बहुलाहा कुकुरले टोकेको ठाउँमा लगाइने एन्टी रेबिज भ्याक्सिन चौबीसै घण्टा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सुई खरिद गरेर टेकु अस्पतालको समन्वयमा रेबिज हुन नदिने सुई निःशुल्क लगाउने गरिन्छ । 

सयभन्दा बढि फाइल पेण्डिङ
महिनादिनभन्दा बढि महानिर्देशक बिहीन बनेको विभागमा एकसयभन्दा धेरै फाइल रोकिएको थियो । महानिर्देशक नहुँदा स्थानीय तहमा औषधि किन्ने पैसा केन्द्र मै रोकिएको छ । त्यस्तै चौबीसै घण्टा बनाउने भनिएको रेबिज विरुद्धको भ्याक्सिन पनि महानिर्देशक नुहँदा अझै खरिद हुन सकेको छैन । 

संघीयतामा स्वास्थ्य पहिलो उद्देश्य
नवनियुक्त महानिर्देशक डा. गुणराज लोहनीले नयाँ संरचनामा स्वास्थ्य सेवालाई समाहित गर्दै प्रभावकारी बनाउने आफ्नो पहिलो उद्देश्य भएको बताएका छन् । मंगलबार पदबहाली लगत्तै महानिर्देशक लोहनीले सबैलाई मिलाएर संघीयता अनुसारको स्वास्थ्य सेवा वितरणमा जोड दिने बताए । 

 

Last modified on 2018-04-04 08:57:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts