स्ट्रेच माक्र्स हटाउने सजिलो उपाय



Download our app to get more features

गर्भावस्थाको समय अधिकांश महिलाहरुको पेटमा स्ट्रेच माक्र्स आउने गरेको देखिन्छ । गर्भावस्थाका बेला छाला तन्किने हुँदा पेटको तल्लो भाग, खुट्टा, पिठ्यू आदि भागमा स्ट्रेच माक्र्स हुने गर्छ । बच्चा भईसकेपछि हजारौ प्रयास गरेपनि स्ट्रेच माक्र्स हट्दैन । यस्तो समस्याबाट छुट्कारा पाउनका लागि हामी तपाईंका लागि केहि यस्ता उपाय लिएर आाएका छौँ, जसको प्रयोगले तपाईँ आफ्नो स्ट्रेच माक्र्स सँधैका लागि हटाउन सक्नु हुन्छ ।

स्ट्रेच माक्र्स हटाउने तरिका :

१. तेलले मसाज गर्ने 

छालामा तनावका कारण आउने स्ट्रेच माक्र्समा नियमित तेलले मसाज गरेर कम गर्न सकिन्छ । राम्रो नतिजाका लागि नरिवलको तेल प्रयोग गर्ने । त्यस बाहेक बदाम, जैतून (ओलिभ आयल) को तेल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

२. अण्डाको सेतो भाग लगाउने 

अण्डाको सेतो भागमा प्रोटीनको मात्रा धेरै हुन्छ । त्यसैले नियमित रुपले अण्डाको सेतो भाग तपार्इंले आफ्नो स्ट्रेच माक्र्स भएको भागमा लगाउनुभयो भने दाग चाँडै नै कम हुन्छ । दुई वटा अण्डाको सेतो भाग निकालेर स्ट्रेच माक्र्समा लगाउने र सुकेपछि त्यसलाई पखालेर मोइस्चराइजर लगाउनाले स्ट्रेच माक्र्स हराएर जान्छ ।

३.भिटामिन ई लगाउने 

छालाको लागि भिटामिन ई धेरै नै फाइदाजनक हुन्छ । भिटामिन ई भएको तेलमा एन्टीअक्सीडेन्ट तत्व हुन्छ, जसले कोलेजनलाई नष्ट हुनबाट बचाउँछ । दैनिक १५ देखि २०  मिनटसम्म आफ्नो स्ट्रेच माक्र्स भएको भागमा भिटामिन ई को तेलले मसाज गर्ने । भिटामिन ई भएको तेलले स्ट्रेच माक्र्सलाई कम गर्छ र यसको नियमित नबिराईकन प्रयोग गर्ने हो भने स्ट्रेच माक्र्सलाई पुरै हटाउनमा मद्दत गर्छ ।

४. कागतीको रस फाइदाजनक

स्ट्रेच माक्र्समा कागतीको रस लगाउने र सुखि सकेपछि हल्का मनतातो पानीले पखाल्ने ।यसले तपाईको स्ट्रेच माक्र्सविस्तारै–विस्तारै कम हुँदै जान्छ ।

५.खानपानमा परिवर्तन गर्ने

भिटामिन के ले शरीरमा भएको दागलाई हटाउन सकिन्छ । तपाई आफ्नो खानपानमा यदि भिटामिन के युक्त हरीयोतरकारी, जस्तै ः काक्रो, बन्दाकोभी, पालगको साग र प्याजको समावेश गर्ने । यसले गर्भावस्था पछि आउनेस्ट्रेच माक्र्सबाट छुट्कारा पाउन सकिन्छ ।

६. कफी र एलोवेराको पेस्ट लगाउने

स्ट्रेच माक्र्समा कफीर एलोवेरा मिसार पेस्ट बनाउर लगाउने । ३ देखि ५ मिनटसम्म उक्त पेस्टलाई स्ट्रेच माक्र्समा मसाज गर्ने । त्यसपछि १५ देखि २० मिनटसम्म छोड्ने र सुक्ने दिने । त्यसपछि सफा पानीले धुने र मोइस्चराइजर लगाउने । लगातार एक महिनासम्म यसो गर्नाले स्ट्रेच माक्र्स कम हुन्छ ।


७. आलु काटेर लगाउने 

आलु जसको पनि घरमा सजिलैसँग पाइन्छ । गर्भावस्थामा आउने स्ट्रेच माक्र्सको समस्याबाट छुट्कारा पाउन आलु काटेर प्रभावित भागमा रगड्ने । त्यसपछि पानीले धुने र मोइस्चराइजर लगाउनाले स्ट्रेच माक्र्सको दाग कम हुन्छ ।

(एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-04-04 10:48:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts