स्वास्थ्य सचिव र कर्मचारीबीच बोलचालै बन्द, भद्रगोल भाे स्वास्थ्यको संरचना



Download our app to get more features

काठमाडौं, २२ चैत्र । स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र कर्मचारीहरु बीच आपसी दूरी  बढेको छ ।

सचिव चौधरीले नयाँ संगठन संरचना तयार पार्दा चिकित्सक, नर्स, पारामेडिक्स, ल्याव, फार्मेसी, आयुर्वेद र जिम्मेवार निकायका विभागीय प्रमुख कसैसंग छलफल नगरी तयार पारेपछि कर्मचारी र सचिव बीच बोलचाल समेत हुन छाडेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार संम्बन्धीत निकायले यस विषयमा गम्भीरता  नदेखाए स्वास्थ्य क्षेत्र ‘ध्वस्त’ हुने छ । स्वास्थ्यकर्मीहरुले सचिवले गरेको गलत नियत स्थानीय तहमा देखिन थालेको बताए । 

स्थानीयतहमा खटिएका स्वास्थ्यकर्मी नेतृत्व विहिन हुँदा स्वास्थ्य सेवा प्रवाहमा चरम समस्या देखिएको छ । सर्लाही जिल्ला घर भएका राजन यादवले भने, सरकाले स्वास्थ्यलाई स्थानीय तह मातहत राखेपछि स्वास्थ्य सेवाले गति लिन सकेको छैन । विपन्न नागरिक उपचार सहायता लिन स्वास्थ्य मन्त्रालयमा आएका यादवले हिजोको भन्दा आज स्वास्थ्य लिन असहज भएको सुनाए । 

स्वास्थ्य सेवा असफल हुने निश्चित

स्वास्थ्यकर्मी केन्द्रको चेनअफ कमाण्ड भित्र हुनुपर्छ । मन्त्रालयका एक उप सचिवले भने, ‘अलिहे अधिकांश स्थानीय तहमा स्वास्थ्यका लागि छुट्याएको बजेट बाटो, पुल, पुलेसामा हालेको खबर आएको छ । त्यस विषयमा स्वास्थ्य मन्त्रालयले बोल्ने कुरा छैन । हाम्रा स्वास्थ्यकर्मी स्थानीय तहको जिम्मामा छन । यस्ता कार्यले केही समयमै स्वास्थ्य सेवा असफल हुने निश्चित छ ।’ सचिवले आफु मात्रै सुरक्षित रहने उपाय अपनाएको उनले बताए । 
स्वास्थ्य मन्त्री पद्यमा अर्यालले स्वास्थ्यको संगठन संरचनामा आफु गम्भीर  भएको बताईन । स्वास्थ्यलाई अरु विद्या सरह हेरिनु हुदैन उनले भनिन, स्वास्थ्य क्षेत्रमा देखिएको विवाद सुल्झाउन म प्रधानमन्त्री संग छलफल गर्ने छु । 
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले स्वास्थ्यको संगठन संरचनामा व्यापक छलफल आवश्यक रहेको बताए । 

विगतमै वैज्ञानिक थियो स्वास्थ्य सेवा 
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. प्याकुरेलले स्वास्थ्य सेवा विगतमै वैज्ञानीक रुपमा विकेन्द्रिकृत रहेको बताए । अस्पतालले दिने सेवा नै स्वास्थ्यको प्रभाव हो त्यसैले सबै क्षेत्रलाई समेटेर लगेको खण्डमा सेवा प्रभावकारी हुने छ । जनताको मागलाई अवमुल्यान गरेर स्वास्थ्यका कर्मचारीलाई सीमित दायरामा राख्नु गलत हुने मन्त्रालयका कर्मचारीहरुको भनाई छ । ‘विगतको संरचना बिगार्न अर्गानो ग्राम बनाएको हैन प्याकुरेलले भने,’ ‘यो थप सुधार्न बनाएको हो । तर, कसैसंग छलफल नभई बनाएको अर्गानो ग्रामले दिर्घकालीन समस्या ल्याउन प्रेरित गर्नेछ ।’ 

अधिकारीहरुले भनेका छन्, पछिल्लो समय देशमा स्वाईनफ्लु, बर्डफ्लु, स्क्रबटाईफस, मौसमी रुघाखोकी, डेंगु, औलो, कालाजार जस्ता दर्जनौं नयाँ रोगहरुको जोखिम बढेको छ । यसको नियन्त्रण र नियमन स्थानीय तहले गर्न सक्दैन । त्यहाँ रहेका स्वास्थ्यकर्मीले कसको नेतृत्वमा गएर नियन्त्रण गर्छन ? यस्ता गम्भीर  प्रश्न सबैका अगाडी तेर्सिएको छ । 

द्वन्द्वमा अब कसले प्रतिनिधित्व गर्छ 
डा. प्याकुरेलका अनुसार हिजो द्धन्द्धकालका समयमा सबै कर्मचारीले काम छाडेर सुरक्षित स्थानमा गएको अवस्थामा पनि स्वास्थ्यकर्मीले कार्यालयमा रहेर जनतालाई स्वास्थ्य सेवा दिन छाडेनन् । उनिहरुले दुवै पक्षलाई आवश्यक अनुसार स्वास्थ्य उपचार गरे तर स्वास्थ्य क्षेत्र भन्दा बाहिरका कुनै कर्मचारी गाउँमा बसेनन् । उनले अव स्थानीय तहको मातहत सबै कर्मचारी भएकाले देशमा कुनै समस्या आए उनिहरुले पनि सेवा छाड्नेछन् । जुन बेला देशमा स्वास्थ्य संकट पर्नेछ ।

जनतासंग यसरी जोडिएको थियो हिजो
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी, महिला स्वयंम सेविका र आमा समुह गरेर करिब ७ लाख कर्मचारीको प्रतिनिधित्व गरेको डा. प्याकुरेलले बताए । विगतमा केन्द्रीय स्वास्थ्य मन्त्रालय थियो भने, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, हेल्थ पोष्ट, स्वास्थ्य चौकी, महिला स्वयंम सेविका र आमा समुह सम्म स्वास्थ्यकर्मी पुगेका थिए ।

जसले जनता संग प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मी थिए । नयाँ संगठन संरचनाले त्यसलाई पुरै परिवर्तन गरेको छ । अहिले संघ फरक रुपमा छ । प्रदेश र स्थानीय तहमा पनि फरक फरक सरकार छ । नयाँ संगठन संरचनाले यी तीन तहलाई  समन्वय गर्न सकेको छैन । कसले कसको नेतृत्व गर्ने भन्ने समस्याले स्वास्थ्यक्षेत्र संकटमा पर्ने विज्ञहरु बताउछन् । 
 

Last modified on 2018-04-05 15:43:25

3 Comments

  1. दोरीक लाल कामैतon Sat, Apr 07 2018 07:32 PM

    डा.शुसिलको कुरा संग सहमत छु । Source: https://www.hamrodoctornews.com/detail/8874#.WsWVjAKpfP4.facebook

  2. डाक्टर शुुसिल पयाकुरेल सर काे भनाई 100% ठिक छ मेराे 30 बरष काे health काे अनुभव ले देखेकाे कुरा पनि यहि हाे

  3. Rajniti naxirosh health xetra ma, M pani health worker hu ..mero HP ma pani hijo jati paryapta medicine xaena. 1yrs vayo n talab samayama paenxa ,field ma kam garne karmacharile ahile samma fields vatta pako xaenan , FCHV ko pani ustai xa halat , neta haru guf garxam kam gardainan.... Sthaniya taha ma hami rano begarko Mahuri saraha ko aawastha xau..... Sambandhit nikayako dyan yeta tira belaima pugos taki hami rahau r arulai rahana sahayog garna Sakai.....


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts