बिरामी बोक्ने एम्बुलेन्स घरायसी काममा प्रयोग हुँदै...



Download our app to get more features

जलेश्वर (महोत्तरी), २२ चैत । जिल्ला अस्पताल जलेश्वरसँग भएको एक मात्रै एम्बुलेन्सलाई अस्पतालका मेडिकल सुपरिटेन्डले घरायसी सामान ओसार्ने प्रयोग गरेपछि सेवाग्राही मर्कामा परेका छन् । 

अस्पतालका सुपरिटेन्ड डा. राजिव कुमार झाले अस्पतालको एम्बुलेन्सलाई घरायसी प्रयोगमा लगाउँदै आएको स्थानीयको आरोप छ । 

तर, मेसु डा. झाले भने आफूमाथि लगाएको आरोप गलत भन्दै आएका छन् । उनले आफ्नो विपक्षीहरुले बद्नाम गर्न झुठो आरोप लगाइएको बताए । 

अस्पतालकै एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘बिरामीका लागि प्रयोग हुने अस्पतालको एम्बुलेन्स मेसुले घरायसी प्रयोजनका लागि प्रयोग गर्दा बिरामीलाई मर्का परेको छ ।’

Last modified on 2018-04-06 11:17:34

1 Comments

  1. सूर्यचन्द्रon Fri, Apr 06 2018 08:10 AM

    जस्लाई पनि एम्बुलेन्स सुविधा दिने विगत सरकारको नितिमा संसोधन गरेर रेडक्रस वा त्यस्थै जिम्मेवार र सरोकार वाला संस्था हरूलाई मात्र त्यो सुविधा दिने र उनिहरू ले स्थानिय वा प्रदेश सरकारको रेखदेख र नियन्त्रणमा ठोस निति बनाई संचालन गर्ने ब्यवस्था मिलाउन पर्छ है। नत्र यस्तै हो-----


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts