स्वास्थ्य मन्त्रालयको चिकित्सकीय संघीय संरचना अमान्य : चिकित्सक संघ



Download our app to get more features

काठमाडौं, २२ चैत । स्वास्थ्य मन्त्रालयले तयार गरेको संघीय चिकित्सक व्यवस्थापन संरचनामा नेपाल चिकित्सक संघले असहमति जनाएको छ ।
मन्त्रालयले बनाएको संरचनामा चिकित्सकीय भूमिकालाई गौण बनाएको भन्दै संघले असहमति जनाएको हो । मन्त्रालयले बनाएको संरचना संशोधन गर्नुपर्ने संघको माग छ ।

संघीय, प्रदेश र स्थानीय तहमा चिकित्सक व्यवस्थापन एवं पदस्थापन गर्ने प्रावधानका विषयमा संघले ६ चैतमा मन्त्रालयसँग सूचना माग गरेको थियो ।
संघले १ साताभित्र सो सम्बन्धमा विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगलाई समेत बोधार्थ दिईएको थियो । तर, मन्त्रालयले संघलाई सो सम्बन्धमा कुनै पनि जानकारी उपलब्ध नगराएको संघको भनाइ छ ।

चिकित्सकीय संरचना निर्माण गर्दा वैज्ञानिक विधि र प्रक्रिया अवलम्बन गरी व्यापक छलफल र परामर्श पश्चात् पारित हुनु पर्नेमा मन्त्रालयले एकलौटी ढंगले निर्माण गरेको संघको आरोप छ ।
अपारदर्शी ढंगबाट सिमित व्यक्तिको चाहना बमोजिम छलफल र परामर्शबिना मन्त्रालयले संरचना तयार गरेको संघको आरोप छ ।
मन्त्रालयले तयार पारेको संरचनामा असहमति रहेको भन्दै संघले सो संरचनामा रहेर गुणस्तरीय सेवा प्रदान गर्न नसन्ने जनाएको छ ।

 

Last modified on 2018-04-06 07:36:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts