सिंहदरवार भित्रै सुगर परिक्षण सुरु



Download our app to get more features

काठमाडौं, २३ चैत्र । सिंहदरवार भित्रका कर्मचारीहरुको निःशुल्क सुगर परिक्षण सुरु भएको छ । 

कर्मचारीलाई सिंहदरबार भित्रै स्वास्थ्य सेवा दिने उदेश्यले एक महिना अगाडी संचालनमा आएको सिंहदरवार ‘हेल्थ डेक्स’ ले आफ्नो सेवा विस्तार सहित सुगर परिक्षण सुरु गरेको हो । 

सिंहदरवार ‘हेल्थ डेक्स’ मा कार्यरत अहेब दिपक मुढवरीका अनुसार दुई वटा मेसिनबाट परिक्षण सुरु गरिएको हो । मुढवरीले अहिले सम्म ७ सय जनाले सेवा लिएको स्पष्ट पारे । सबै प्रकारका स्वास्थ्य सेवा सिंहदरबार भित्रै दिने उदेश्यले स्वास्थ्य मन्त्रालयले संचालनमा ल्याएको ‘हेल्थ डेक्स’ ले आफ्ना सेवा क्रमिक रुपमा बढाउदै लैजाने छ ।

प्रधानमन्त्री कार्यलयले दुई वटा सुगर परिक्षण गर्ने मेसिन उपलब्ध गराएसंगै बिहिवारबाट परिक्षण सुरु भएको हो । पहिलो दिन ७ जना कर्मचारीको सुगर परिक्षण गरिएको मुढवरीले जानकारी दिए । सिंहदरवार भित्र करिब ७ हजारको संख्यामा कर्मचारीहरु रहेका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts