रकम अभावमा एम्बुलेन्स ग्यारेजमै,बिरामी डोकोमा



Download our app to get more features

काठमाडौं,२३ चैत्र ।  पर्वतमा बिरामी बोक्ने एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा आवश्यक पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।

पर्वतका विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा जनजीवन प्रभावित भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, मातहातका निकाय, रेडक्रस लगायतका संस्थाका एम्बुलेन्सहरु बिग्रिएर थन्किएका छन् ।
जिल्ला अस्पतालको एम्वुलेन्स विगत नौ महिनादेखि बिग्रिएर थन्किएको छ ।

रकम अभावले अहिलेसम्म एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । उक्त एम्बुलेन्स बिग्रिएपछि जिल्ला अस्पतालमा आउने बिरामीहरु ट्याक्सी खोजेर गन्तव्य जान बाध्य रहेका छन् । ग्रामीण क्षेत्रका बिरामीहरु चाहिएको बेला सबारी नपाउँदा डोकोमा बोकिएर अस्पताल धाउन बाध्य छन् । जिल्ला अस्पतालमा रहेको एकमात्र एम्बुलेन्स बिग्रिएपछि बिरामीहरुले सास्ती पाउनुपरेको अस्पताल बिकास समितिका अध्यक्ष राधाकुमारी कुँवरले बताए । 

Last modified on 2018-04-06 11:41:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts