वन्यजन्तु अस्पताल निर्माण कार्य अन्तिम चरणमा



Download our app to get more features

काठमाडौं,२३ चैत्र । चितवनको सौराहामा नेपालकै पहिलो वन्यजन्तु अस्पताल बन्ने निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।

गुणस्तरीय उपचारको अभावमा  निकुञ्जका जनावर प्राकृतिक एवं घाइते भएर वन्यजन्तु मर्दै  आएका छन । घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको निकुञ्जले जनाएको छ । यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ । यसअघि प्राथमिक वन्यजन्तुलाई  उपचार गर्दै आएतपनि उपचार प्रभावकारी बन्न सकेको थिएन ।

अस्पताल बनेसंँगै वन्यजन्तुको उपचार प्रभावकारी हुने र  मृत्युदर कम हुने आशा निकुञ्जको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्ष विभागको अगुवाइमा स्थापना हुने अस्पताल चितवन राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषले संयुक्त रुपमा सञ्चालन गर्ने छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts