स्वास्थ्य कर्मचारीले साताको एकघण्टा कार्यक्षेत्र सरसफाइ गर्ने



Download our app to get more features

काठमाडौं,२३ चैत । स्वास्थ्य सेवा विभागले मुलुकका सबै अस्पताल र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले साताको एकघण्टा कार्यक्षेत्रको सरसफाइ गर्ने तयारी गरेको छ ।  

साताको हरेक शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म मुलुकका सबै स्वास्थ्य कर्मचारीले कार्यक्षेत्र सरसफाइको लागि विभागले तयारी थालेको हो ।   

स्वास्थ्य सेवा विभागको महानिर्देशकको रुपमा जिम्मेवारी पाएसँगै डा. गुणराज लोहनीले शुक्रवार सरसफाइ कार्यक्रम गरेका थिए ।  विभागका कर्मचारीले आज बिहान १० बजेदेखि ११ बजेसम्म एकघण्टा सरसफाइ गरेका थिए ।  

सरसफाइमा विभागका महानिर्देशक डा. लोहनी, उपमहानिर्देशक, महाशाखा प्रमुख र प्रशासनका कर्मचारी सहभागी थिए । सरसफाइ अभियान मुलुकका सबै स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी भइरहेको विभागका महानिर्देशक डा. लोहनीले जानकारी दिए । 

महानिर्देशक डा. लोहनीले भने 'स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी हामी आफै स्वस्थ रहनु जरुरी छ र यो कार्यक्रम देशका सबै अस्पतालमा लागू  गरिनेछ ।' 

सरसफाइलाई राष्ट्रिय अभियानका रुपमा विकास गर्ने तयारी रहेको महानिर्देशक डा. लोहनीले जानकारी दिए ।   

Last modified on 2018-04-08 08:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts