स्वास्थ्य दर्पणद्वारा ४ जना चिकित्सक सम्मानित



Download our app to get more features

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्वारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैठौं वार्षिकोत्सवमा ४ जना चिकित्सकलाई सम्मान गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री डा.वंशीधर मिश्रले देशैभर गरिएका ‘स्वास्थ्य दर्पण’ कार्यक्रमका गतिविधि समावेश प्रोफाईललाई सञ्चालन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री डा.मिश्रले यस मिडिया नेटवर्कले स्वास्थ्य पत्रकारितामा र्पुयाएको रचनात्मक कार्यको प्रशंशा गरेका थिए । राज्यले यस प्रकारका मिडिया हाउसहरुलाई पनि आर्थिक रुपमा सहयोग गर्दै रचनात्मक कार्यका लागि प्रोत्साहन गर्नुपर्ने बताए । मेडिकल क्षेत्रका विषय विज्ञको टिम मार्फत संचालित भएकाले यस मिडिया नेटवर्कले निर्माण गर्ने कार्यक्रमहरुमा जनस्वास्थ्यका महत्वपूर्ण विषय वस्तु समावेश हुनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा पश्चिम नेपालबाट प्रा.डा.विनोद थापा, मध्य नेपालबाट प्रा.डा.अर्जुन श्रेष्ठ, राजधानीबाट डा.प्रकाशराज रेग्मी र युवा चिकित्कसको तर्फबाट चितवनका डा.भोजराज अधिकारीलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

नेपालमा रही चिकित्सा क्षेत्रको स्वास्थ्य सेवा र शिक्षामा पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै चिकित्सकहरुलाई सम्मान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनका अध्यक्ष तथा प्रवन्ध निर्देशक सन्दीपकुमार श्रेष्ठले बताए । उनले यस्ता टेलिभिजन कार्यक्रम निर्माण गर्न अप्ठ्यारो भएपनि सबैको सहयोग र सद्भाव रहेकाले आगामि दिनमा अझ जनस्वास्थ्यका विषयलाई यस कार्यक्रममा समावेश गर्दै लैजाने बताए । 

‘स्वास्थ्य दर्पण’ कार्यक्रम वि.सं.२०६८ सालदेखी चितवनको स्थानीय क्रिष्टल टेलिभिजन, राष्ट्रिय हिमालय टेलिभिजन हुँदै हाल साप्ताहिक रुपमा नेपाल टेलिभिजन प्लसबाट प्रत्येक शुक्रबार राती ८ः३० बजे प्रशारण हुँदै आईरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts