स्वास्थ्य विभागले रोक्यो कर्मचारी सरुवा प्रक्रिया



Download our app to get more features

काठमाडौं, २५ चैत । स्वास्थ्य सेवा विभागले कर्मचारी सरुवा प्रक्रिया रोकेको छ । 

विभागले आइतवार एक सूचना प्रकाशित गरी स्वास्थ्य सेवाका कर्मचारीको सरुवा तत्काललाई रोकेको जानकारी दिएको हो । 

नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गत करिब २५ हजार कर्मचारी छन् । सरुवाको नियमित समय कात्तिक महिना भएपनि कर्मचारीहरू भने सरुवाको फाइल बोकेर दैनिकजसो विभाग धाउन थालेपछि विभागले यस्तो सुचना जारी गरेको हो । कर्मचारी समायोजन ऐनले कर्मचारी व्यवस्थापन गर्ने बारेमा स्पष्टन खाका तयार नगरेकाले कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल भएको विभागका महानिर्देशक डा. गुणराज लोहनीले बताए । उनले भने ‘ कर्मचारीहरू नियमित कामभन्दा पनि सरुवा प्रक्रियामा व्यस्त हुन थालेका छन । यसकारण सूचना नै जारी गरेर तत्काललाई यो प्रक्रिया रोकेका हौं ।’ 

Last modified on 2018-04-09 15:17:40

1 Comments

  1. Harish Chandra Shresthaon Sun, Apr 08 2018 09:21 PM

    Kahile bata saruwa process hun6.samayojan kahile dekhi suru hun6 ki bibad mai rahane ho


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts