संकटा मन्दिरमा कान्तिपुर डेन्टलको निःशुल्क शिविर



Download our app to get more features

काठमाडौं, २५ चैत । कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले संकटा मन्दिरमा आएका सर्वसाधारणको निःशुल्क दन्त परीक्षण गरेको छ । 

हस्पिटलले शनिवार एक दिनका लागि स्थापना गरेको दन्त शिविरमा ८० जनाले निःशुल्क दन्त परीक्षण गरेका थिए । शिविरमा सहभागी सर्वसाधारणलाई चिकित्सकहरूले दाँत माझ्ने सही विधि समेत सिकाएका थिए । 
शिविरमा डा. सृष्टि साह, संगीता दाहाल, अर्पणा पाठक लगायत स्वास्थ्यकर्मीले दन्त परीक्षण गरेका थिए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts