लमजुङमा वयोधा हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, २५ चैत । वयोधा अस्पतालले लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

अस्पतालले वीरभक्ति पुर्व विद्यार्थी समाज लमजुङ र कर्मदा समाजको आयोजनामा लमजुङको वीरभक्ति मा.वि. तार्कुघाटमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 
शिविरमा वयोधा अस्पतालका वरिष्ठ जनरल सर्जन, जनरल फिजिसियन, ग्यास्ट्रोलोजिष्ट र स्त्री तथा प्रसूति रोग विशेषज्ञको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । 

शिविरमा २ सय ६७ जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण तथा इसीजी र मधुमेह परीक्षण पनि गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts