स्वास्थ्य बीमा अन्तर्गत बिमितलाई एकलाख उपचार रकम दिने तयारी : स्वास्थ्य राज्यमन्त्री अर्याल



Download our app to get more features

काठमाडौं,२५ चैत । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले पाउदै आएको स्वास्थ्य बीमा रकमलाई बढाएर एकलाख पुर्याउने तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ । 

बिमितको परिवारले बार्षिक २५ सय तिरेर ५० हजारसम्मको उपचार सेवा पाउदै आएको थियो । बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुँदै आएपछि मन्त्रालयले अब एक परिवारले ३५ सय तिरेर एक लाखसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने तयारीमा जुटेको हो । 

दोस्रो स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य बीमा सुविधा बढाउने तयारी भइरहेको जानकारी दिइन् । स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा नयाँ स्वास्थ्य बीमा नियमावली पेश गरिएको छ । नियमावली अनुसार बिमित परिवारले ३५ सय तिरेर एक लाख रकम बराबरको उपचार सेवा पाउनेछ ।

मन्त्री अर्यालले भनिन् 'अर्थमन्त्रालयमा अड्केर बसेको स्वास्थ्य बीमा नियमावली पास गराउनको लागि छिट्टै पहल गर्नेछु ।' स्वास्थ्य बीमा कार्यक्रमप्रति जनता लालायित भएको जनाउदै यसलाई २०७५/७६ सम्ममा ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य लिएको मन्त्री अर्यालले बताइन् । 

हालसम्म स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितको संख्या ६ लाख १० हजार ८ जना रहेका छन् भने १ लाख ३८ हजार ५ सयले सेवा उपयोग गरेका छन् । बिमितबाट ३३ करोड ४७ लाख २० हजार प्रिमियम रकम संकलन भइसकेको छ भने स्वास्थ्य बीमाको लागि २१ करोड ८७ लाख ८३ हजार ५ सय ७७ रकम भुक्तान गरिसकेको छ । 

मन्त्री अर्यालले भनिन् 'बीमा कार्यक्रम शुरु गर्दा कार्यावन्यन हुने कुरामा दुविधा रहेको थियो तर अहिले छोटो समयमै बीमाप्रति जनताको विश्वास देख्दा थप हौसला मिलेको छ ।' बीमा कार्यक्रम सञ्चालनमा रहेका कमीकमजोरीलाई सुधार्दै लग्नुपर्ने मन्त्री अर्यालको भनाइ छ ।   

हस्पिटलमा प्रदान गरिने अन्य स्वास्थ्य सेवासँग जोडेर बीमा कार्यक्रमलाई लिएर जानुपर्ने मन्त्री अर्यालको भनाइ छ । बीमा कार्यक्रमलाई आम जनताको माझमा पुर्याउनको लागि सरकारी, गैरसरकारी र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको मन्त्री अर्यालले बताइन्।  

स्वास्थ्य बीमा कार्यक्रम कैलाली, बैतडि, अछाम, पाल्पा, बाग्लुग, म्याग्दी, कास्की, तनहुं, गोरखा, चितवन, भक्तपूर लगायत ३३ जिल्लामा सञ्चालित छन् । यस आ.व.को अन्तिम सम्मको थप ७ जिल्ला पर्सा, वझाङ, कालिकोट, मुगु, डोल्पा, हुम्ला, सिरहामा बीमा कार्यक्रम पुर्याउने राष्ट्रिय बीमा बोर्डले जनाएको छ  ।  

Last modified on 2018-04-09 08:43:18

2 Comments

  1. surendra kumar bajracharyaon Mon, Apr 09 2018 03:56 PM

    सरकारबाट स्वास्थ्थ बिमा हुनु भनेकाे एकदम राम्राे हाे । यसले सबैलाइ फाइदा हुन्छ । अाजभाेली हरेक दिन स्वास्थ्थ बिमा सम्बन्धी विज्ञापन सञ्चार माध्यमबाट जानकारी गराइरहेकाे हुन्छ । तर विज्ञापन सुन्दा ५० हजार भयाे भने जुनसुकै राेग लागेपनि उपचार हुने र पुग्ने जस्ताे सन्देश गइरहेकाे छ । (राेग लागी उपचार गरेर टाट पल्टिने दिन गएत) भन्ने विज्ञापन दिन दिनै बजिरहेकाे छ । के ५० हजारकाे उपचार खर्च पाएपछि टाट नपल्टिने हाे ? त्यसैले यदि सरकारले साच्चै बीमा नै गरिदिने हाे भने हाल २५००। ले ४ जनाकाे परिवार साे भन्दा बढीकाे ४५० शुल्ककाे सट्रटा ३५००। गरेर १ लाखकाे बीमा भन्ने समाचार अाएकाे छ । तर बीमा नै गर्ने हाे भने पि्मियम केही बढाएर भएपनि उपचार गर्दा जतिसुकै लागेपनि उपचार हुने व्यवस्था हुने पर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ । अन्य मुलुकहरूमा पनि यस्तै चलन रहेकाे देखिन्छ । धन्यवाद ।

  2. Bima gare ko 3 months paxe matra sewa lina paune x k ahile ko samaya ma pani update garna 3 months lagxa .Ani k hamro body le 3 months bimari hunna vanxa ra ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts