यी हुन संसारका सबैभन्दा घातक १० रोग 



Download our app to get more features

एजेन्सी, २६ चैत । उत्तम स्वास्थ्य र संसारभरका मानिसहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यले डब्लुएचओ ले अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाउने गर्दछ ।

स्वास्थयप्रति सचेत हुनका लागि संसारका धेरै मानिस प्रभावित हुने साझा रोगहरुका बारेमा जान्नु आवश्यक छ । यहाँ दुनियाँभरका त्यस्ता १० रोगका बारेमा चर्चा गरिएको छ जुन रोगहरु निकै घातक मानिन्छन् । 

१.कोरोनरी आर्टरी अर्थात मुटु रोग
मुटुरोग संसारको सबैभन्दा घातक रोगका रुपमा रहेको छ । सन २०१५मा मात्रै विश्वभरमा ८८ लाख मानिसको मुटुरोगबाट मृत्यु भएको तथ्याँक छ । विश्वभरमा १५.५ प्रतिशत मानिसको मृत्युको पछाडी यो रोग जिम्मेवार रहेको छ । सन २००० मा यो रोगबाट मर्नेको संख्या ६० लाख थियो भने सन २०१५ मा यसबाट मृत्यु हुनेको संख्या बढेर ८८ लाख पुगेको थियो । यो रोगले मुटुसम्म रगत पुर्याउने रक्त नलिलाई संकुचित बनाइदिन्छ र बिरामीको छातीमा असह्य पीडा भइ हार्ट फेल जस्ता समस्या निम्त्याइदिन्छ । 

२.ब्रेन स्ट्रोक
सबैभन्दा घातक रोगहरुको लिष्टमा यो रोग पनि पर्दछ । यो रोगबाट सन २०१५मा विश्वभर ६२ लाख मानिसको ज्यान गएको थियो । विश्वभरमा यो रोगबाट ११.१ प्रतिशतको मृत्यु हुने गर्दछ । मस्तिष्कका धमनीमा प्वाल वा बल्क हुँदा यो रोग हुने गर्दछ । यो अवस्थामा मस्तिष्कमा रहेका सेलमा पर्याप्त अक्सिजनको मात्रा पुग्न पाउँदैन र मानिसको मृत्यु तथा पक्षघातको समस्या निम्त्यादिन्छ । 

३.श्वास सम्बन्धि संक्रमण
श्वास सम्बन्धि संक्रमणबाट सन २०१५ मा ३२ लाख मानिसको मृत्यु भएको थियो । जम्मा मृत्युमध्ये यस रोगबाट मृत्यु हुने दर संसारभरमा ५.७ प्रतिशत रहेको छ । यद्यपी यो रोगबाट मृत्यु हुनेको संख्या केही कम हुँदै गएको छ । सन २००० मा यो रोगबाट ३४ लाखको ज्यान गएकोमा सन २०१५मा यो संख्या घटेर ३२ लाखमा झरेको छ । श्वास सम्बन्धि रोगले श्वासमार्ग तथा फोक्सोमा आक्रमण गरी विभिन्न किशिमका संक्रमण बनाइदिने गर्दछ । 

४.क्रोनिक अब्स्ट्रिक्टिक पल्मनरी डिजीज 
यो फोक्सोसँग जोडिएको दीर्घरोग हो । यसमा श्वास फेर्न निकै अप्ठेरो हुने गर्दछ । सन २००४ मा यो रोगबाट  संसारभरमा ४१ करोड मानिसहरु प्रभावित भएको तथ्याँक छ । यो संख्या २०१५ मा आइपुग्दा केही घटेर ३१ लाख संक्रमित रहेका थिए । २०१५मा विश्वभरमा  ५.६ प्रतिशत मानिस यस रोगबाट ग्रसित रहेको तथ्याँक छ । 

६.मधुमेह
मधुमेह एक्लै रोग नभएपनि धेरै रोगहरुको समूह  भने यो रोग पक्कै हो । यस रोगमा शरीरमा इन्सुलिनको उत्पादन तथा प्रयोग प्रभावित हुने गर्दछ ।

 ७.अल्जाइमर्स
अल्जाइमर्स अर्थात बिर्सिने रोगले मानिसको दिमागमा असर पुर्याउने गर्दछ । यो रोगमा सोच्ने तथा सम्झिने क्षमतामा ह्रास आउने गर्दछ । 

८.जलवियोजन तथा झाडापखाला
दिनमा ३ चोटीभन्दा बढी पातलो दिसा हुने अवस्थालाई झाडापखाला भनेर बुझ्ने गरिन्छ । यो अवस्था केही दिनसम्म कायम भएमा शरीरमा पानीको मात्रा कम हुन गई जलवियोजन हुने गर्दछ । यो क्रम चलिरहेको समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुने गर्दछ । यो रोग पनि विश्वभरमा ज्यान लिने खतरनाक रोगमध्येकै सूचिमा पर्ने गर्दछ । 

९.क्षयरोग
क्षयरोग बढि मात्रामा फोक्सोमा नै लाग्ने गर्दछ । यो रोगको उपचार संभव भएपनि अज्ञानता र चेतनाको कमीका कारण धेरैले यसबाट ज्यान गुमाइरहेका हुन्छन् । खासगरी एचआइभी संक्रमित बिरामीहरुमा क्षयरोगले बढि मात्रामा सताउने गर्दछ । ३५ प्रतिशत एचआइभीसँग सम्बन्धित मृत्यु क्षयरोगका कारण हुने गर्दछ । यद्यपी विश्वभरमा नै क्षयरोगबाट मृत्यु हुनेको संख्यामा उल्लेखीय रुपमा कमि हुँदै गइरहेको छ । 

कलेजो सिरोसिस
कलेजोमा लामो समयसम्म हुने नोक्सानलाई सिरोसिस भन्ने गरिन्छ । कलेजोमा हुने क्षति मिर्गौलासँग जोडिएका रोगका कारण बढि मात्रामा हुने गर्दछ । यो रोगबाट विश्वभरमा प्रत्येक वर्ष १२ लाखको ज्यान जाने गरेको तथ्याँक रहेको छ ।

(नवभारत टाइम्सबाट)


 
 

Last modified on 2018-04-09 14:54:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts