काठमाडौं अब पूर्णखोपयुक्त जिल्ला



Download our app to get more features

काठमाडौं, २६ चैत । काठमाडौंलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । काठमाडौंमा १२ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले एक बर्षभित्र पाउनुपर्ने सबै खोप पाइसकेको प्रतिबद्धता जनाउँदै काठमाडौंलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेको हो ।

टुँडिखेलमा सोमबार आयोजित कार्यक्रममा काठमाडौंलाई पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं र जिल्ला खोप समवन्य समितिको संयुक्त आयोजनामा प्रतिबद्धता कार्यक्रम गरिएको थियो ।  

कार्यक्रममा आगामी दिनमा समेत काठमाडौंमा बालबालिकाहरू कुनै पनि खोपबाट बञ्चित नहुने प्रतिबद्धता जनाइएको छ । प्रतिबद्धता कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, जिल्ला खोप समवन्य समिति, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत काठमाडौंमा कार्यरत महिला स्वंयमसेविकाहरूको उपस्थिति थिए ।

काठमाडौं जिल्ला अन्तर्गतका नगरपालिकाहरूमा कीर्तिपुर, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, शंखरापुर, टोखा, कागेश्वरी मनोहरा र काठमाडौं महानगरपालिका रहेका छन् ।
 

 

Last modified on 2018-04-10 07:33:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts