रुकुमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव



Download our app to get more features

रुकुम २८, चैत । जिल्ला अस्पताल सल्ले तथा स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाब देखिएको छ ।

स्वास्थ्य संस्थाहरुमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल अधिकांस प्रकारका औषधि नै नभएको बताईएको छ । अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काै मुल्यमा औषधि किन्न बाध्य भएका छन । मौज्दाद औषधि करिब एक महिनाअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्य चौकीहरूको भनाइ छ ।

स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि खरिदमा समस्या भएको बताईएको छ । रुकुम पश्चिममा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरूले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेलाबेलामा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधिको आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts