वीर अस्पतालको खानेपानीमा किरै किरा 

स्वास्थ्यकर्मी समेत बिरामी



Download our app to get more features


काठमाडौं, २९ चैत । वीर अस्पतालले पिउनका लागि प्रयोग गर्ने जारको पानीमा किरा फेला परेको छ ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा प्रयोग गरिने खाने पानीको जार भित्र किरा फेला परेको हो । पानीमा किरा देखिए पछि वीर अस्पतालका स्वास्थ्यकर्मी अस्पताल भित्रको खानेपानी प्रति ससंकित भएका छन् । अस्पतालका निर्देशक प्रा.डा भुपेन्द्र कुमार बस्नेतले जारमा ल्याएको खाने पानीमा किरा भेटिएको बताए । 

निर्देशक बस्नेतले भने, दुई दिन देखि कर्मचारीले पानीमा किरा भेटिएको गुनासो गर्दै आएका थिए । बुधबार किरा भएको जार नै म भएको ठाउँमा ल्याए । यसले अस्पताल प्रशासनलाई गम्भीर बनाएको छ ।’ बिरामी उपचार गर्न आउने स्वास्थ्य सस्थामा किरै किरा भएको खाने पानी वितरण गर्नु सम्बन्धीत कम्पनीको गम्भीर अपराध भएको बस्नेतले सुनाए

न्यू विज्ञान कम्पनीले वीर अस्पतालमा पानी वितरण गर्ने टेण्डर पारेको थियो । १२ सयको संख्यामा कर्मचारी भएको वीर अस्पतालमा दैनिक २ सयको संख्यामा जारको पानी खपत हुने गरेको छ । 

कर्मचारी बिरामी : टेन्डर रद्द
निर्देशक डा. बस्नेतले किरापरेको पानी प्रयोग गर्दा अस्पतालका कर्मचारी बिरामी भएको बताए । अस्पतालका अनुसार उक्त पानी प्रयोग गरेर ६ जना भन्दा बढी स्वास्थ्यकर्मी बिरामी परेका छन् । अधिकाँशलाई पानीका कारण झाडापखाला लागेको  छ । अस्पतालका अनुसार जारको पानीमा यस अगाडी पनि रवर र पानी भित्र सेतो पाप्प्रा भेटिएको थियो । 

कम्पनीले औषधि हालेको पानी भनेर अस्पतालमा विक्रि गरेको थियो । पानीमा किरा भेटिएपछि बुधबारबाटै लागु हुनेगरी न्यु विज्ञान कम्पनीको पानी अस्पतालमा प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशक बस्नेतले स्पष्ट पारे । ‘पानीमा किरा भेटिए पछि मैले कम्पनीका मान्छेलाई बोलाएँ निर्देशक बस्नेतले भने,’ तर, उनिहरु उपस्थित भएनन । यसले पनि कम्पनीको कार्यशैलि गैरजिम्मेवार देखिएको थप पुष्टि भएको छ उनले भने ।’ 


 

Last modified on 2018-04-12 17:24:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts