आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा



Download our app to get more features

बीबीसी, २९ चैत । कार दुर्घटनामा परी दिवङ्गत भएको एक दम्पतीको चार वर्षपछि चीनमा सन्तान जन्मिएको छ ।
बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् ०१३ मा इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रुण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए । 
लाओकी ‘सरोगेट’ आमामार्फत् यी बालकको जन्म गत डिसेम्बरमा भएको थियो । यसबारे ‘द बेइजिङ न्यूज’ले समाचार यही साता प्रकाशित गरेको छ ।

उत्साही
यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमाले सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुप‍¥यो भनी सो पत्रिकाले व्याख्या गरेको छ ।
दुर्घटना हुँदा भ्रुणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो । 

कानुनी लडाइँले ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रुणको अधिकार पाएका थिए ।

प्रयोगशालामै मानव डिम्ब उत्पादन
समाचारहरूका अनुसार उनीहरूले आफ्ना सन्तानको भण्डारण गरिएका भ्रुणहरू लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुनै नजिर थिएन ।
आफ्नो वंशले निरन्तरता पाउने भयो भनेर उनीहरू उत्साहित छन् ।
अन्ततः उनीहरूलाई आफ्ना सन्तानको भ्रुणको अधिकार दिइयो । तर त्यस लगत्तै अर्को समस्या आइलाग्यो ।
नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि त्यसैगरी भ्रुणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण भए मात्रै उनीहरूलाई लैजान दिइने बतायो । 

परीक्षण
महिलाको कोखमा प्रत्यारोपण गर्न बाँकी भ्रुणबारे यस्तो कानुनी अन्योल कायम रहँदा चीनमा यस्तै अर्को अस्पताल खोज्न निकै कठिन भयो ।
चीनमा सरोगेसी गैरकानुनी भएकोले एउटै यथार्थपरक विकल्प भनेको देशबाहिर खोज्नु थियो ।
अन्ततः मृत दम्पति भविष्यका बा हजुरबुवा हजुरआमाले व्यापारिक सरोगेसी कानुनी रूपमा सञ्चालन हुने लाओस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थाको सम्पर्कमा पुगे ।

१३ सन्तानको अधिकार जापानी बुवालाई
कुनै पनि एयरलाइनले तरल नाइट्रोजनको थर्मो आकारको बोतललाई लैजान नमानेपछि कारले कार्गो गर्‍यो ।
लाओमा सो भ्रुणलई सरोगेट आमाको कोखमा प्रत्यारोपण गरियो र सन् २०१७ को डिसेम्बरमा एक बालक जन्मिए ।

’टियन्टियन्’ नाम दिइएका बालकको नागरिकताबारे जटिलता आउनसक्छ ।
किनभने उनी लाओमा नभएर एउटा साधारण पर्यटक भिसामा सरोगेट आमा चीनमा भएका बेला जन्मिएका थिए ।

पितृत्वको प्रमाण दिन अभिभावकहरू छैनन् ।
चारै जना बाजेबजैले उनलाई रगत दिनुपरेको थियो । त्यो बच्चा आफ्नै नाति भएको र उनका बाबुआमा दुवै चिनियाँ नागरिक थिए भनेर उनीहरूले डीएनए परीक्षण गराएका थिए ।

Last modified on 2018-04-13 09:09:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts