'एक एक पाइला'को जुम्लामा बृहत्त निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं,३० चैत्र । 'एक एक पाइला' नामक संस्थाले जुम्लामा बृहत्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सदरमुकाम खलङगामा आयोजना गरिएको ३ दिने स्वास्थ्य शिविरमा हाडर्जोनी, नाक, कान घाँटी, प्रसुती, हेपाटाइटिस बी र सी, एचआइभी, छाला लगायतको परीक्षण, शल्यक्रिया, सामान्य ल्याब टेस्ट तथा उपचार गरिएको फिजिसियन, पेट रोग र कलेजो रोग विशेषज्ञ डा.सुधांशु केसीले जानकारी दिए । शिविरमा २ हजार ६ सय ५३ जना लाभान्वित भएका छन् ।

भूकम्पपछि स्थापित भएको यस संस्थाले भूकम्पको शुरुवाती दिनमा महिनामा एक चोटी निःशुल्क स्वास्थ्य शिविर गर्दै आएकोमा हाल आएर वर्षको २ चोटी बृहत्त स्वास्थ्य शिविर गर्दै आएको छ । जुम्लामा सम्पन्न स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सहयोग गरेको थियो भने, हिमालय आँखा अस्पताल पोखराले पनि मानविय तथा भौतिक स्रोतको सहयोग गरेको डा.केसीले बताए ।

शिविरमा डा. सुधांशु केसी ( फिजिसियन,पेट रोग र कलेजो रोग),डा. सुबोध सागर ढकाल ( फिजिसियन, छाती रोग),डा. सुमन सम्शेर थापा ( आँखा रोग),डा. सबिना भट्टराई ( चर्म रोग), डा. कुञ्जन आचार्य ( नाक कान घाँटी),डा.अमित श्रेष्ठ ( रेडियोलोजी),डा.गणेश पराजुली ( प्याथोलोजी),डा. अक्विला श्रेष्ठ ( दन्त रोग),डा. बिनिता अधिकारी ( दन्त रोग),डा. अरुण महत ( दन्त रोग),डा. रबिन बहादुर बस्नेत ( मुत्र रोग),डा रिचा गिरी ( प्रसुती रोग),डोलकर घले, ललित ऐर ( ल्याब ,स्पर्स नेपाल),स्नेहा श्रेष्ठ, प्रियन्का सिंह, सुधा ( नर्स),आशिष भट्टराई, प्रज्जवल अर्याल, प्रदिप बञ्जारा ( लजिस्टिक)ले स्वास्थ्य परीक्षण, परामर्श, शल्यक्रिया तथा उपचार गरेका थिए । 


 

Last modified on 2018-04-14 08:05:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts