थाइराइड सुन्नियो ? के हुन सक्छ कारण ?



Download our app to get more features

हिजो आज जनमानसमा थाइराइडको त्रास कुनै माहामारीकै रुपमा फैलिएको देखिन्छ । घर परिवार इस्टमित्र कसैमा थाइराइड देखिएको सुन्नेबित्तकै आत्तिएर   थाइराइड जचाउन आउने बिरामी को संख्या दिनानुदिन बढिरहेको देखिन्छ ।

थाइराइड कुनै रोग नभएर हामी सबैको घाँटीमा हुने  एउटा पुतली आकारको  ग्रन्थि हो र यस ग्रन्थिले निकाल्ने रसायनले   हाम्रो शरीरका  कोषहरुको दैनिक क्रियाकलापलाई सामान्य अवस्थामा राख्न मद्दत गर्छ । यस रसायनले हाम्रो मुटुको गति, श्वास प्रश्वास, शरीरको तौल , कोलेस्टेरोल , शरीरको तापक्रम , दिमागको ध्यान र एकाग्रता , निन्द्रा, त्यस्तै महिलाहरुमा महिनावारी आदिलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ ।

थाइराइड सुन्निएको कसरी चाल पाउने ?

  • साधारणतया थाइराइड बाहिरबाट हेर्दा देखिदैन र  थाइराइड सुन्निएको छ कि छैन भन्ने कुरा आफैले घाँटीमा छामेर, ऐनामा हेरेर अथवा कहिले काँही अन्जानवस कुनै अरु रोगको लागि भिडिओ एक्सरे, सी टि स्क्यान  वा  एम आर आइ गर्दा थाहा हुने गर्दछ ।थाइराइड दुई किसिमले सुन्निने गर्दछ ( एउटा पुरै थाइराइड सुन्निने र अर्को चाँही डल्लो गाँठो जस्तो भएर सुन्निने ।
  • पुरै थाइराइड सुन्निने मुख्य गरेर स्वक्षम रोग या कुनै पनि किसिम को संक्रमणमा हुने गर्दछ र विभिन्न अनुसन्धानबाट पूरै थाइराइड सुन्निएको अवस्थामा थाइराइड क्यान्सर हुने सम्भावना एकदम न्युन देखिएको छ । चिकित्सकको सल्लाहमा औषधि खाएपछि सुन्निएको विस्तारै कम भएर जान्छ ।
  • यदि डल्लो गाँठो भएर सुन्निएको छ भने चाँही अलि बढि सचेत हुन जरुरी  हुन्छ र विभिन्न अनुसन्धानलाई आधार मान्दा के देखिन्छ भने डल्लो गाँठो भएर सुन्निएको अवस्थामा ९०५ गाँठोमा खासै डराउनु पर्ने अवस्था नदेखिए पनि १०५ गाँठोमा क्यान्सर देखिने गरेको छ  ।

थाइराइड  सुन्निएको चाल पाए के गर्ने ?
तुरुन्त चिकित्सक संग सल्लाह लिनु पर्दछ र चिकित्सकको सल्लाह बमोजिम रगतमा थाइराइड रसायनको मात्रा मापन गर्ने , भिडिओ एक्स रे गर्ने र आवश्यकता अनुसार सुन्निएको गाँठोबाट सुइको माध्यमले कोषहरु लिएर माइक्रोस्कोपमा हेरिने जाँच ( एफ एन ए सी ) गर्न सकिन्छ र एफ एन ए सी मा केहि खराबी देखिएमा थाइराइडको अप्रेसन पनि गर्नु पर्ने हुन सक्छ ।

अन्त्यमा थाइराइड आफैमा रोग होइन र आवश्यक भन्दा बढी त्रास मान्नुपर्दैन भन्ने जनचेतना समाजमा जगाउन जरुरी देखिएको छ र आफ्नो बारेमा आफै सचेत होऊ हल्ला को पछाडी नलागौ ।

डा. गुरु प्रसाद मैनाली ,प्याथोलोजिस्ट 
लाइफ लाइन अस्पताल दमक झापा

Last modified on 2018-04-15 09:09:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts