एम्बुलेन्स चालकलाई वयोधा हस्पिटलको एक दिने स्वास्थ्य प्रशिक्षण



Download our app to get more features

काठमाडौ ३०,चैत । वयोधा हस्पिटल, प्रगतिशिल धारा सुधार समिति, नेपाल प्रहरीको सहकार्यमा एम्बुलेन्स चालकलाई एक दिने स्वास्थ्य प्रशिक्षण प्रदान गरेको छ । 

प्रशिक्षण कार्यक्रम शुक्रबार मराजगञ्जमा सञ्चालन भएको थियो । प्रशिक्षणमा करिव ७० जना  एम्बुलेन्स चालकहरु सहभागी थिए । प्रशिक्षणमा एम्बुलेन्स चालकले बिरामी अस्पतालमा ल्याउदा अपनाउनु पर्ने सावधानीका उपाय सिकाइएको थियो  ।

बिरामीलाई अस्पताल पुराउनु अघि एम्बुलेन्स भित्र गर्न सकिने प्राथामीक उपचार  मेडिकल टेक्नोलोजी सम्बन्धी प्रशिक्षणबाट चालकहरु जिम्मेबार बनाउने बयोदा हस्पिटलका विशेषज्ञ क्रिटिकल मेडिकल केयरका  डा.आमिर सिद्धिगीले बताएका छन् ।

आगामी दिनमा एम्बुलेन्स चालकलाई प्राथमिक स्वास्थ्य उपचारका विधिहरु सिकाइने वयोधा हस्पिटलले जनाएको छ ।
 

Last modified on 2018-04-13 14:57:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts