गर्भावस्थामा सिटामोलको सेवन गर्नु खतरनाक !



Download our app to get more features

गर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको सेवन गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात्, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ ।

साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । बेलायतको एडिनबरा युनिभर्सिटीका अनुसन्धाताहरूले मुसामा यसको परीक्षण गरेका हुन् । परीक्षणमा के पाइयो भने, एउटा मुसालाई गर्भको स्थितिमा सामान्य दुखाइनाशक दिइयो अनि उसको सन्तानमा अण्डाणुको संख्या कम पाइयो । यस्तो खाले असर भाले सन्तानमा समेत देखियो । उनीहरूसँग त्यो कोषिकाको कमी थियो, जसले भविष्यमा शुक्रकीटको संख्या बढाउन सकोस् । जब कि वयस्क हुँदासम्म उनीहरूको प्रजनन प्रणाली सामान्य भयो ।

परिणामअनुसार, अनुसन्धाताहरूले गर्भवतीहरूले अत्यावश्यक भए मात्र केही समयको लागि थोरै मात्रामा दुखाइनाशक औषधि लिनुपर्ने सुझाव दिएका छन् । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-04-16 07:24:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts