इमर्जेन्सी मेडिसिन भनेको के हो ?

(भिडियोसहित)



Download our app to get more features

डा. ओमर मान प्रधान 
एमडि, जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन 

आपत्कालीन स्वास्थ्य सेवा नै इमर्जेन्सी सेवा हो । यसमा तीन ओटा विधालाई समाबेस गरिएको हुन्छ । सबै किसिमका बिरामीहरू जस्तै सबै लिङ्ग, जाति, वर्ग, देशीविदेशी जो सुकैलाई पनि सेवा दिनु इमर्जेन्सी सेवा हो । इमर्जेन्सीमा सबै किसिमका रोगहरू जस्तैं मुटुरोग, ट्रमा, फोक्सो सम्बन्धी जुनसुकै रोगको उपचार हुन्छ । यस्तै चौबिसैं घण्टा सेवा प्रभाव हुन्छ । 

इमर्जेन्सी सेवामा इमर्जेन्सी मेडिसिनको भूमिका कस्तो हुन्छ ?

इमर्जेन्सी सेवा भन्ने बितिकै बिरामी हँुदा उपचारका लागि पुग्ने पहिलो ठाउँ भन्ने बुझिन्छ । तर, अहिले यसको विकास भएको छ जस्तै प्रि हस्पिटल केयर भनेर इमर्जेन्सी मेडिकल सेवा सुरु भएको छ । त्यस्तै एम्बुलेन्स ग्राउन्ड इएमएस तथा हेलिकोप्टर इएमएस नेपालमा राम्रोसँग सुरु भएको छ । ट्रियाजका कुरा पनि अगाडि बढेका छन् जसमा एकै चोटी धेरै बिरामी आउँदा बिरमीलाई कसरी बचाउने कस्ता बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने भन्ने बारेमा हेरिन्छ । रिसर्चका कुरा आएका छन् त्यसबाट बिरामीलाई कसरी बचाउने भन्ने कुरामा इमर्जेन्सी मेडिसिनले ठूलो भूमिका निभाइरहेको हुन्छ । कुनै नशा अवरुद्ध भयो, सुत्केरीमा ब्लिडिङ धेरै भयो, कसैले विष सेवन गर्यो भने सबै भन्दा पहिला इमर्जेन्सी मेडिसिनको भूमिका रहन्छ ।

इमर्जेन्सीमा काम गर्नेहरू अन्यमा काम गर्ने भन्दा केमा भिन्न हुन्छन ?

इमर्जेन्सी सेवाका क्रममा हस्पिटल जाने बितिकै ट्रियाज नर्सले बिरामीलाई हेर्छन । इमर्जेन्सीलाई पनि पाँच ओटा विधामा छुट्टाएको हुन्छ । यस अन्तर्गत कुन बिरामीलाई कति चाडो हेर्ने भन्ने हुन्छ । यहाँ काम गर्नेहरूका लागि इमर्जेन्सी मेडिसिन शिक्षाको आवश्यक पर्छ । यस्तै आधारभुत संरचना चाहिन्छ जस्तै इमर्जेन्सीमा स्टाफ, इकुमेन्ट, प्रशस्त ठाउँ आदिको आवश्यक पर्छ । 

दुर्घटनामा इमेर्जेन्सी सेवाले कसरी काम गर्छ ?
कुनै पनि दुर्घटना हँुदा एम्बुलेन्स सेवा दिन सकिन्छ सबैभन्दा पहिले ट्राफिकको निर्देशन अनुसार काम हुन्छ । एम्बुलेन्समा नर्स, डक्टरहरू हुन्छन् । दुर्घटनास्थल पुगेपछि के गर्न सकिन्छ, स्पाइनको केस भए हलचल गर्न नदिने । इमर्जेन्सी वार्डमा ल्याइसकेपछि रेडियोलोजी सेवा दिनु पर्ने हुनसक्छ । श्वासप्रश्वासको तरिका हेर्ने, रक्तचाप कस्तो छ सोही अनुसार बिरामीको अवस्था हेरी उपचार प्रक्रिया अगाडि बढ्इने गरिन्छ ।

इमर्जेन्सीमा कस्ता समस्या आउँछन् ?

विशेष गरि हृदयघात ट्रमा, प्रसूति, छारेरोग, फ्याक्चर फोक्सोको निमोनिया लगायत रोगको भएका बिरामी बढी आउँछ । तर अरु अरु सबै खाले बिरामी पनि इमर्जेन्सीमा आउँछन् ।

ट्रियाज भनेको के हो ?

ट्रियाज भनेको इमर्जेन्सी भित्रैको एक सिस्टम हो । कुन बिरामीलाई कति प्राथमिकता दिएर उपचार गर्ने नै ट्रियाज हो । कुन बिरामीलाई तुरुन्तै उपचार गर्ने कुन बिरामीलाई अलिपछि उपचार गर्ने भनेर प्राथमिकताका आधारमा उपचार गर्नु ट्रियाज हो ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-07-30 11:45:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts