प्रसूति अस्पतालमा कार्यरत नर्सलाई पोशाक वितरण



Download our app to get more features

काठमाडौँ, ३ वैशाख । पशुपति अन्नपूर्ण आश्रमले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत १ सय ७७ नर्सलाई पोशाक वितरण गरेको छ । 

आश्रमले आमाको मुख हेर्ने औँसीको अवसर पारेर उक्त अस्पतालमा कार्यरत १ सय ७७ ज्येष्ठ नर्सलाई सरकारी पोशाक वितरण गरेको हो । 

पोशाक वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आमा खुवाउने औँसीका अवसरमा आमासरहका ज्येष्ठ नर्सलाई पोशाक वितरण गरेर आश्रमले सराहनीय काम गरेको बताए । 

उनले सार्वजनिक विद्यालय जहाँ श्रमिक र मजदुरका छोराछोरी पढ्छन् त्यस्ता विद्यालयका विद्यार्थीलाई आश्रमले सहयोग गर्नुपर्ने बताए । 

आश्रमका अध्यक्ष प्रा डा जगदिश वैद्यले आमाको मुख हेर्ने औँसीका अवसरमा पाटन र वीर अस्पतालमा कार्यरत नर्सलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

रासस

Last modified on 2018-04-16 13:12:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts