प्रसूति गराउने दक्ष जनशक्तिको अभाव

तालिम प्राप्त एक दक्ष स्वास्थ्यकर्मीबाट ७५ जना सुत्केरी



Download our app to get more features

काठमाडौं, ३ वैशाख । प्रसुति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मीको चरम अभावका देखिएको छ । देशभर चाहिने दक्ष स्वास्थ्यकर्मी अभावका कारण मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घट्न सकेको छैन । 

देशमा तत्काल २० हजारको संख्यामा प्रसुति गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यक परेपनि अत्यन्तै न्युन मात्रामा दरबन्दी रहेको छ । परिवार स्वास्थ्य महाशाखाका पुर्व निर्देशक डा. नरेश प्रताप केसीका अनुसार गर्भवती महिलाको दर हेर्दा तत्काल २० हजार प्रसुति गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यक छ । सुत्केरी गराउने तालिम प्राप्त दक्ष्य जनशक्ति ८ हजार ६ सयको संख्यामा रहेको परिवार स्वास्थ्य महाशाखाकी कम्यनिटि नर्सिङ अधिकृत केसु काफ्लेले बताईन । 

महाशाखाका अनुसार देशभर महिला स्वयंम सेवीकाको संख्या ५१ हजार ४ सय २० रहेको छ भने ३ हजार २ सयको संख्यामा जिल्ला अस्पताल र त्यस मुनिका स्वास्थ्य संस्थामा प्रसुति गराउने दक्ष्य जनशक्ति रहेको पनि उनले बताईन । ८ हजार ६ सयको संख्यामा तालिम प्राप्त स्वास्थ्यकर्मी भएपनि काम भने आदिले पनि गरेका छैनन् । 

एक दक्ष्य स्वास्थ्यकर्मीबाट ७५ जना सुत्केरी 
पुर्व निर्देशक डा. केसीले प्रसुति गराउने तालिम प्राप्त एक स्वास्थ्यकर्मीको भागमा ७५ जना गर्भवती महिला पर्ने गरेको स्पष्ट पारे । ‘एउटा व्यक्तिले ७५ जना गर्भवती गराउन सक्ने अवस्था हुदैन उनले भने,’ तर नेपालमा सिमित मात्रामा तालिमप्राप्त स्वास्थ्यकर्मी भएकाले बाध्य भएर गराउनु परेको छ ।’ केसीले देश स्थानीय तहमा गएकाले थप जनशक्ति आवश्यक पर्ने पनि बताए । दुई सिफ्ट गरेर काम गर्नुपर्ने अवस्था छ । उनिहरुले ८ घण्टा काम गर्नु पर्ने उल्लेख भएपनि कम स्वास्थ्यकर्मी भएकाले २४ घण्टा सम्म काम गरेको अवस्था छ डा. केसीले भने । दुर्गमका कतिपय स्वास्थ्य सस्थामा प्रसुती गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुदा डाक्टर कन्ट्रयाकमा लिएर पनि डेलिभरी गराउदै आएका छन् । 

२५ करोड बजेट अपुग 
आमा सुरक्षा कार्यक्रम मार्फत गर्भवती महिलाहरुलाई यातायात खर्च र न्यानो झोला बितरण गर्ने भनेर आर्थिक बर्षमा १ अर्व २८ करोड रुपैयाँ बिनियोजन गरेको छ । महाशाखाका अनुसार आमा सुरक्षा कार्यक्रम नितान्त सरकारको सहयोगमा मात्रै सुरु भएको हो । यसमा दाताहरुले कुनै सहयोग गरेका छैनन । स्वास्थ्य सस्थामा गर्भवती भएको खण्डमा सरकारले हिमाली भेगका महिलालाई १५ सय र न्यायो झोला, पहाडका लाई १ हजार र तराईका महिलालाई ५ सय रुपैयाँ भत्ता दिदै आएको छ । उक्त रकम अपुग भएको डा. केसीले बताए । परिवार स्वास्थ्य महाशाखाका अनुसार आमा सुरक्षा कार्यक्रमका लागि अझै २५ करोड रुपैयाँ बजेट अपुग देखिएको छ । 

गर्भवती र स्वास्थ्य संस्थाको गल्तीले मृत्यु
गर्भवती भएको अवस्थामा सम्बन्धीत महिलाले चार पटक आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्छ । नियमित स्वास्थ्य जाँच गराएपछि उनिहरु प्रसुति हुन स्वास्थ्य सस्थामा समयमै अनिवार्य जानु पर्छ । सबै स्वास्थ्य सस्थामा प्रसुति गराउने दक्ष्य स्वास्थ्यकर्मी नभएका कारण महिला आफैले समयमा स्वास्थ्य सस्थामा गएको खण्डमा राम्रो संग बच्चा जन्मिन्छ । 

डा. केसीका अनुसार गर्भवती महिलाहरु सामान्य वेथा लागेको अवस्थामा स्वास्थ्य सस्था जादैनन । वेथाले च्यापेर समस्या देखिन थालेपछि उनिहरु  स्वास्थ्य सस्थामा प्रसुती हुन जाने दर धेरै छ । त्यसैले आमा र शिशुको मृत्यु हुने गर्छ । उनले स्वास्थ्य सस्थाले आफुले नसक्ने अवस्थामा पनि बिरामी भर्ना लिईरहने र अन्तिममा रिफर गर्ने चलन छ यसले गर्दा आमा र बच्चाको मृत्यु हुने गर्छ । गर्भवती महिला समयमा स्वास्थ्य सस्था आउने र अस्पतालले पनि नसक्ने अवस्थामा तत्काल रिफर गर्ने परिपार्टी बसाएको खण्डमा आमा तथा बच्चाको मृत्युमा धेरै कमि आउँने छ । 

नियमीत स्वास्थ्य परिक्षणले भित्री समस्या थाहा हुदैन
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले नियमीत स्वास्थ्य परिक्षणका बेला बच्चा उल्टो, सुल्टो बसेको देखिए पनि बच्चाको साल नाल कसरी बसेको छ भन्नेबारे जानकारी नहुने बताए । आमाको पेट भित्र हुर्कदै गरेको शिशुले नालबाट खानेकुरा खाने गर्छ । यदि नाल भित्रै झरो भने त्यसको ३ मिनेट भित्र शिशुको मृत्यु हुन्छ । यो समस्या भबितव्य हो डा. गौतमले भने । चिकित्सकलाई आरोप लगाउने भन्दा प्रभावकारी रुपमा अनुगमन गरेको खण्डमा कसको गल्ती हो छुटउन सकिन्छ । उनले पिडितलाई चित्त नबुझेको अवस्थामा पोष्टमार्टम गर्ने बाटो खुला भएको पनि स्पष्ट पारे । 

यसकारण नवजात शिशुको मृत्यु
डा. गौतमले बच्चाले दिसा खादैमा तत्काल मृत्यु भने नहुने बताए । बच्चाले दिसा त्यसै खादैन गर्भवती महिलालाई लोमो समय सम्म बेथा लागेको खण्डमा बच्चाले दिसा खाने गर्छ । उनले बेथा लाग्नसाथ अस्पताल लैजानु पर्ने बताए । दिसा खाएको शिशुको फोक्सोमा असर गरी श्वासप्रश्वास बन्द हुन जान्छ । जसले गर्दा शिशुको जन्मनासाथ मृत्यु हुन्छ । गर्भवती महिलामा उच्च रक्तचाप भएमा, आमाको पेटमा बच्चा बढ्न नसकेमा, आमाको दिसा पेटभित्रै शिशुले खाने गर्छ । उनले शिशुको मृत्युमा उपकरणको कुनै हात नरहने स्पष्ट पारे । 

सुधार हुदै मातृ तथा बाल स्वास्थ्य 
विकासका प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्थाको सुधारमा नेपालले सफलता हासिल गर्दै गएको छ । सन् २००६ देखि २०११ सम्मको पाँच वर्षसम्म स्थिर भएर बसेको नवजात शिशु मृत्युदर तथा बाल मृत्युदर सन्तोषजनक रुपमा घटेको छ । सर्वेक्षणले सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको नवजात शिशुमृत्युदर अहिले २१ मा झरेको देखाएको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको न्युएराका नेपाल निर्देशक योगेन्द्र प्रसाईंले बताए ।

सन् २०११ मा एनडिएचएसले नवजात शिशु मृत्युदर घट्न नसकेको देखाएपछि सरकारले नवजात शिशुको जीवन रक्षाका लागि मातृ र शिशु केन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो । सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई १७ मा झार्नुपर्ने बताएको छ । प्रासाईका अनुसार नवजात शिशुसँगै पाँच वर्षमुनिको बाल मृत्युदर पनि प्रतिहजार जीवित जन्ममा २२ अंकले घटेको छ । सन् २०११ मा ४६ रहेको उक्त मृत्युदर अहिले ३२ मा झरेको छ ।

अभाव पुर्ती गर्न भएका नर्सको व्यवस्थापनस् स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री 
सरकारले नवजात शिशुको जीवन रक्षाका लागि यसै वर्षदेखि नवजात उपचार निःशुल्क गर्नुका साथै कम्तीमा प्रदेश तहका अस्पतालमा नवजात आइसियु र्पुयाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले एक व्यक्तिले ७५ जना महिलाको प्रसुती गराउदै आएका छन् यो न्यायोचित नभएको बताईन । उनले भनिन ७५ जना महिलालाई एक दक्ष्य स्वास्थ्यकर्मीले प्रसुती गराउन सक्दैनन । यसलाई मन्त्रालयले गंभिर भएर सोचेको छ । मन्त्री अर्यालले देशमा ठुलो संख्यामा नर्स बेरोजगार रहेको भन्दै केही नर्सलाई तालिम दिएर प्रसुती सेवामा लगाउने बताईन । 

सन् २०११ मा ५८ प्रतिशत रहेको गर्भवती जाँच हाल ८४ प्रतिशत पुगेको छ । ३५ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेकोमा अहिले ५७ प्रतिशत पुगेको छ । घरमै पनि दक्ष्य प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको प्रतिशत पनि सन् २०११ को तुलनामा ३६ बाट बढेर ५८ प्रतिशत पुगेको छ । तर, अझै ठुलो संख्यामा महिलाहरु स्वास्थ्यकर्मीको उपस्थिति बिना सुत्केरी गराउँन बाध्य छन् । यो दरलाई कसरी सरकारले स्वास्थ्य संस्थामा ल्याउन सक्छ भन्नेमा हामी लागेका छौं मन्त्री अर्यालले भनिन् । 

सुत्केरी हुनेको संख्या तलमाथि भएपनि मातृ शिशु मृत्युुमा सुधार 
सरकारको अनुमानमा प्रति बर्ष ६ लाख ४३ हजार ३ सय ३७ जना महिला सुत्केरी हुने गरेका छन् । कुल २ करोड ९० लाख २४ हजार ६ सय १४ जनसंख्या मध्ये प्रति बर्ष ६ लाख ४३ हजार ३ सय ३७ जना महिलाले बच्चा जन्माउने गरेको तथ्याङ्क छ । 

साउन २०७३ देखि असार २०७४ सम्मको तथ्याङक अनुसार ३ लाख ६६ हजार ६७४ जना महिला भर्गवती भएका छन् । जसमा ३ लाख ४३ हजार ५७७ जना सुत्केरी भएका छन् । स्वास्थ्य सेवा विभाग सुचना व्यावस्थापन शाखा प्रमुख मुक्तिराम खनालका अनुसार उक्त सुत्ेकरी भएको संख्या मध्ये ३ लाख ५० हजार २३१ जनाले तालिम प्राप्त दक्ष्य जनशक्तिमार्फत बच्चा जन्माएका छन् । १५ हजार ७६२ जनाले घरमै स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी भएका छन् । मातृ मृत्युदर ५९ रहेको छ भने, ६ सय २२ जना नवजात शिशुको मृत्यु भएको छ । ५ हजार ९ सय ५८ जनाको जन्मदै मृत्यु भएको छ । 

सरकारले प्रति वर्ष ७ लाख ५८ हजार ६ सय ५२ जना महिला गर्भवती हुने अनुमान गरेको छ । यस मध्ये करिब १० प्रतिशतको संख्यामा गर्भपतन गराउने वा गर्भ तुहेर जाने जस्ता समस्या हुने गरेको छ । 

२०७२/०७३ मा जम्मा ६ लाख १६ हजार १ सय ४५ जना महिला गर्भवती भएका थिए । जसमा स्वास्थ्य संस्थामागइ तालिम प्राप्त स्वास्थ्यकर्मी संग सुत्केरी हुने ३ लाख ४१ हजार २ सय ३९ थिए । स्वास्थ्यकर्मीको सहयोगमा घरमा ३२ हजार २ सय ४७ जना गरी जम्मा ३ लाख ७३ हजार ४ सय ८६ जना सुत्केरी भएका थिए । बाँकी केही खेर गएको र धेरै स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको सरकारको अनुमान छ । 

२०७१/०७२ मा जम्मा ६ लाख ५ हजार २ सय ७० जना महिला गर्भवती भएका थिए । जसमा स्वास्थ्य संस्थामागइ तालिम प्राप्त लक्ष्य स्वास्थ्यकर्मी संग सुत्केरी हुने ३ लाख १ हजार ३१ थिए । स्वास्थ्यकर्मीको सहयोगमा घरमा ५२ हजार ९ सय ६६ जना गरी जम्मा ३ लाख ५३ हजार ९ सय ९७ जना सुत्केरी भएका थिए । जसमा ४ सय ४४ जना आमाको मृत्यु भएको थियो । बच्चा जन्मेको २८ दिन भित्र २ हजार ४ सय ३७ शिशुको मृत्यु भएको थियो भने ४ हजार २८ शिशुको जन्मदै मृत्यु भएको थियो । 

२ लाख ७७ हजार महिला अझै स्वास्थ्य संस्था बाहिर सुत्केरी
सन् २००१ देखि यता नेपालमा महिलाहरुले गभवर्ती सेवा दक्ष–स्वास्थ्यकर्मीहरुबाट लिने क्रम बढेपनि अझै ठुलो संख्यामा गर्भवती महिलाहरु स्वास्थ्यकर्मीको पहुँच बाहिर छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार साउन २०७३ देखि असार २०७४ सम्म २ लाख ७७ हजार ३ सय ४४ जना गर्भवती महिलाले असुरक्षित रुपमा बच्चा जन्माएका छन् । घरमा जाने स्वास्थ्यकर्मीहरुको सहयोग बिनानै उनिहरुले बच्चा जन्माउने गरेको तथ्याङक रहेको छ । तर, यस मध्ये केही महिला निजी स्वास्थ्य सस्थामा गएको हुन पनि सक्छन उनिहरु सरकारको रेकर्डमा छैनन । 
 

Last modified on 2018-04-16 14:10:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts