विपन्नको उपचारमा गाउँपालिकाको सहयोग



Download our app to get more features

बनियानी (झापा), ४ वैशाख । आर्थिक अभावका कारण उपचार गराउनबाट वञ्चित विपन्न गाउँपालिकावासीलाई हल्दिबारी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । 

गाउँपालिकाले ‘जनता उपचार सहायता कोष’ बाट ३२ जना बिरामीलाई रु सात लाख ४० हजार सहयोग प्रदान गरेको हो । गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न परिवारलाई उपचारमा सहयोग गर्न सहायता कोष निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए । 

“आर्थिक अभावकै कारण रोग पालेर गाउँपालिकावासी बस्नु नपरोस् भनेर कार्ययोजनाका साथ अघि बढेका छौँ”, उनले भने, “यो सुविधा पाउन सरकारी स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने छ ।” 

कोषबाट क्यान्सर, बे्रन ट्युमर, पक्षाघात, मुटु, कलेजोसम्बन्धी समस्या, मानसिक रोग, आगोले डढेकोलगायतका बिरामीलाई रोगको प्रकृति हेरेर न्यूनतम रु १० हजारदेखि अधिकतम रु ९० हजारसम्म सहयोग गरिने सहायता कोषको संयोजकसमेत रहनुभएका उपाध्यक्ष गिरीले जानकारी दिए । 

उपचार रकम पाउनका लागि अस्पतालले रोग खुलाएको कागजपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस र हल्दिबारीवासी खुल्ने परिचयपत्र हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts