७५ डाक्टरबाट १४ करोड ७२ लाख रकम असुल्न बाँकी



Download our app to get more features

काठमाडौं, ४ वैशाख । महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार नेपालका ७५ जना डाक्टरले काम गरे बापत प्राप्त पारिश्रमिकको कर बुझाएका छैनन् । 

काठमाडौंकै अधिकांश नाम चलेका ठूला तथा निजी अस्पतालका चिकित्सकहरूले काम गरे बापतको पारिश्रमिकलाई परामर्श सेवाको रुपमाउल्लेख गर्दै कर छली गरेको प्रदिवेदनमा जनाइएको छ ।

यसरी चिकित्सकहरूबाट तलब र परामर्श सेवा बापत अलग–अलग रकम दाबी गर्ने गरेर ७५ जना चिकित्सकबाट १४ करोड ७५ लाख रकम असुल्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ । 

तर चिकित्सकहरूले भने करसम्बन्धी सरकारकै नीतिमा रहेका कमजोरीका कारण आफूहरु दोहोरो करको मारमा परेको बताउँदै आएका छन्। ठूला तथा निजी अस्पतालहरूले चिकित्सक तथा अन्य पदाधिकारीलाई अस्पतालमा काम गरे बापतको पारिश्रमिकलाई सेवाको रुपमा खर्च लेख्ने गरेको बताइएको छ।

अस्पतालले नै सम्पूर्ण खर्च लेखेको अवस्थामा पुनः परामर्शदाता चिकित्सकहरूले आफूले छुट्टै कर्मचारी राखेको उल्लेख गरी खर्च दाबी गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

उप–महालेखापरीक्षक रामु प्रसाद डोटेलकाअनुसार भ्याटमा दर्ता भएर १३ प्रतिशत कर तिर्नुपर्छ वा पारिश्रमिकको रुपमा लिएपछि त्यसमा खर्च कट्टी गर्न मिल्दैन। त्यसैले कर छुटेको छ र त्यो असुल गर्नुपर्छ भनेर हामीले यो विषयलाई उठाएका हौ । ठूला अस्पतालहरुमा कामगर्ने प्रायःजसो सबै चिकित्सकहरूको अवस्था त्यस्तै देखिन्छ ।

आयकर ऐनअनुसार रोजगारदाताबाट कुनै आय वर्षमा ज्याला, तलब तथाअतिरिक्त समय काम गरे बापतको आय लगायत जुन सुकै रकम पारिश्रमिकमा गणना गर्नुपर्ने हुन्छ।तर परामर्श सेवाका नाममा प्राप्त गरेको रकममा चिकित्सकहरूबाट मूल्यअभिवृद्धि कर असुल हुन नसकेको अधिकारीहरुको भनाइ छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts