सरकारले चिकित्सकबीच द्वन्द्व सिर्जनाको वातावरण बनाउँदैछः नेपाल चिकित्सक संघ



Download our app to get more features

काठमाडौं, ५ वैशाख । नेपाल चिकित्सक संघले सातै प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापनाको माग गरेको छ ।

स्वास्थ्य क्षेत्र ठूलो क्षेत्र भएकाले स्वास्थ्य क्षेत्रलाई निर्दे्शित गर्नका लागि प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापनाको माग गरिएको हो । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले बनाएको प्रादेशिक र केन्द्रिय संघीय संरचनामा ९ औं र १० औं तहका चिकित्सलाई मात्रै समेटिएको हुँदा माथिल्लो तहका चिकित्सकले आफूभन्दा तल काम गर्न नसक्दा द्वन्द्व सिर्जनाको अवस्था आउने भन्दै प्रदेशमा मन्त्रालयको माग गरेको बताए । 

हाम्रो डक्टरसँगको कुराकानीमा उनले प्रदेशमा स्वास्थ्य मन्त्रालय भयो भने ११ औं र सो भन्दा माथिल्लो तहका कर्मचारीलाई काम गर्न सहज हुने बताए । 

डा.श्रेष्ठले सरकारले बनाएको केन्द्रीय र प्रादेशीक संरचनामा संघको आपत्ति रहेको भन्दै जबसम्म सरकारले संरचना सच्याउँदैन तबसम्म काम गर्न नसकिने बताए । उनले भने, ‘नेपाल चिकित्सक संघ चिकित्सकको पेशागत हकहितका लागि काम गर्ने संस्था हो, त्यसैले चिकित्सकको हकहित विपरित गरिएको निर्णय सरकारले पुनः सच्याउनु पर्छ ।’

Last modified on 2018-04-19 08:27:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts