आयुर्वेद हस्पिटल प्रमुख डा.रामदेव घुससहित पक्राउ



Download our app to get more features

काठमाडौं, ५ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय, नरदेवीका प्रमुख  डा.रामदेव यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । 

आयुर्वेद चिकित्सालयका प्रमुख यादवलाई ३७ हजार घुस रकमसहित मंगलवार उनको निवासबाट पक्राउ गरिएको हो । 

आयुर्वेद चिकित्सालयमामा अन द जब टे्रनिङ मा सहभागी हुन आएका ३५ जना विद्यार्थीबाट ३७ हजार घुस लिएको आयोगले जनाएको छ । अख्यिारले आयुर्वेद चिकित्सालका प्रमुख यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 

Last modified on 2018-04-18 13:24:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts