अस्पतालमा करोडौं मूल्यका उपकरण प्रयोगविहिन



Download our app to get more features

काठमाडौं, ५ चैत । देशका विभिन्न अस्पतालमा उपचारमा प्रयोग हुने करोडौं रकमको मेसिनरी उपकरणहरु प्रयोगविहिन बनेको छ । 

महालेखा परीक्षकको ०७४ सालको बार्षिक प्रतिवेदनमा मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभाव एवं समयमा मर्मत हुन नसक्दा सेवा सञ्चालनमा उपयोग हुन नसकेको उल्लेख छ ।

अस्पतालले पूर्वाधार तयार नहुँदै मेसिनरी उपकरण आपूर्ति गरेको, सञ्चालन नभई उपकरणहरु बिग्रेको तथा सञ्चालनमा आई बिग्रेका मेसिन समयमै मर्मत नहुँदा सामान्य बिरामीहरु समेत रेफर गर्नुपर्ने अवस्था रहेको देखिएको छ ।

आई.सी.यू.को अभावमा शुक्रराज ट्रपिकल अस्पतालले यो वर्ष १३२ बिरामीलाई अन्यत्र रेफर गरेको छ । पूर्वाधार तयार नगरी मेसिनरी आपूर्ति तथा खरिद गरी प्रयोगविहीन अवस्थामा राख्नेलाई जिम्मेवार बनाउनुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 
अस्पतालमा प्रयोगविहिन रहेका मेसिनरी उपकरणको विवरण 

Last modified on 2018-04-20 08:08:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts