सरकारी अस्पतालमा शल्यक्रिया गर्न महिनौं कुर्नुपर्ने



Download our app to get more features

काठमाडौं, ५ चैत । ढिला शल्यक्रियाका कारण सरकारी अस्पतालमा विरामीहरु मर्कामा परेका छन् । 

चिकित्सकको सिफारिसपछि शल्यक्रिया गर्नुपर्ने बिरामीको समयमा नै उपचार हुनुपर्छ तर सरकारी अस्पतालमा त्यस्तो पाइदैन ।

महालेखा परीक्षकको ०७४ को प्रतिवेदन अनुसार सरकारी अस्पतालमा शल्यक्रिया ढिलो हुने गरेको उल्लेख छ । सरकारी अस्पतालमा शल्यचिकित्सासम्बन्धी विवरण अनुसार  कान्तिबाल अस्पतालमा हर्निया, हाइड्रोसिलको शल्यक्रिया गर्न १२ महिनासम्म कुर्नुपर्ने अवस्था छ । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाठेघरको शल्यक्रिया गर्न ३ महिनासम्म र वीर अस्पतालमा सामान्य शल्यक्रिया गर्न ६ महिनासम्म कुर्नुपर्ने दयनीय अवस्था छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको शल्यक्रिया गर्न २ महिनासम्म पर्खनुपर्ने स्थिति छ । भौतिक पूर्वाधारको तुलनामा बिरामीको चाप अधिक रहेकोले यस्तो स्थिति रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले समयमा नै सेवा दिन नसकेका कारण बिरामी उपचारको लागि निजी अस्पताल जानुपर्ने अवस्थामा सुधार गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 
 

Last modified on 2018-04-18 16:44:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts