आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु



Download our app to get more features

गाईघाट, उदयपुर, ६ वैशाख । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ । 

वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वे्दिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ । 

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो । 

डा यादव भन्छन, “अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक रआयुर्वेदिक उपचार छायामा परेको भए तापनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।” 
यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यसले आयुर्वे्दिक उपचार सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने डा यादवको धारणा छ । 

 सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वे्दिक उपचार विधि र आयुर्वे्दिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको सगरमाथा आयुर्वे्दिक अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताउ छन् ।

सगरमाथा आयुर्वे्दिक अस्पतालले यो सेवा सञ्चालन गर्न शुरु गरेको र यसका लागि भौतिक व्यवस्थापन पक्षका लागि पनि पूर्ण तयारी गरिएको प्रमुख चौधरीले बताए । 
सो आयुर्वे्दिक औषधालय अस्पताल जिल्लाकै पुरानो आयुर्वे्दिक अस्पताल हो । 

अन्य आधुनिक एलोप्याथिक अस्पताल र क्लिनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको हो । 

 

 रासस

Last modified on 2018-04-19 13:25:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts