मनमोहन र मेदान्त अस्पतालबीच टेलीमेडिसिन सेवा शुरू



Download our app to get more features

काठमाडौं, ६ वैशाख  । नयाँ वर्ष ०७५ को सुरुवातसँगै मनमोहन अस्पतालमा टेलीमेडिसिन सेवा सुरु भएको छ । मनमोहन अस्पतालले भारतको मेदान्त अस्पतालसँगको सहकार्यमा सो सेवा सुरु गरेको हो ।
अस्पतालले सुरु गरेको सो सेवाको पहिलो सेवाग्राही मनमोहन अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे थिए । उनले मेदान्त अस्पतालका डा. के के होण्डासँग टेलीमेडिसिनमार्फत स्वास्थ्य सेवा लिएका थिए । सो अवसरमा मनमोहन अस्पतालका म्यानेजिङ डाइरेक्टर डा. धर्मादत्त सुवेदी, नाक, कान घाँटी रोग विशेषज्ञ नगेन्द्रप्रसाद साह र सूचना प्रविधि अधिकृत अरविन्द ठाकुरको उपस्थिति थियो ।

भारतको मेदान्त अस्पतालमा उपचार गराउँदै आएका बिरामीले मनमोहन अस्पतालमा टेलीमेडिसिन सेवा सञ्चालन भएपछि फालोअपका लागि भारत जानु नपर्ने भएको छ । उनीहरूले मनमोहन अस्पतालमार्फत नै सो उपचार सेवा पाउन सक्ने अस्पतालका सूचना प्रविधि अधिकृत ठाकुरले बताए । साथै नयाँ बिरामीले पनि प्रारम्भिक ओपीडि सेवा टेलिमेडिसिनमार्फत लिन सक्ने उनले बताए । 

 

Last modified on 2018-04-19 17:13:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts