के हो ‘लिभर सिरोसिस’, यसबाट कसरी बच्ने ? (भिडियोसहित)

कलेजो रोगको कारक नै अत्याधिक मदिरा सेवन 



Download our app to get more features

काठमाण्डौं, ६ जेठ । कलेजो रोगको सबैभन्दा खतरनाक अवस्थालाई ‘लिभर सिरोसिस’ भनिन्छ । विकसित देशमा ५०–६० बर्षको उमेरमा देखिने यो समस्या नेपालमा भने ३०–३५ बर्षको उमेरमा पनि देखिन थालेको छ । त्यसको कारण खानपान, जीवन शैली र कुनै विशेष प्रकारको जिन पनि हो कि भन्ने चिकित्सकहरुको अनुमान छ । 

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीका अनुसार सिरोसिस भएपछि कलेजोमा कडापन देखिन्छ । विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाहरु मर्दै जाने उनको भनाई छ । उनले मरेका कोषिकाहरु बिगार्ने कुरालाई हटाउने हो भने फेरी जस्ताको तस्तै हुन सक्ने पनि बताए । 

तर सही उपचार नपाउँदा वा दैनिक जस्तो रक्सी पिउनाले बिग्रिने क्रम बढ्दै जान्छ । शुरुको अवस्थामा कलेजो सुन्निछ तर बिस्तारै कलेजो सुक्दै जान्छ र काम गर्न नसक्ने साना साना गाँठाहरुले कलेजोको कोषिकाको ठाउँ लिने डा. केसीले बताए । 

सिरोसिस रोग जन्डिसका कारण पनि देखा पर्नसक्ने भएकाले रोगीको हात खुटसुनीने, कालो दिसा हुने, रगत वान्ता गर्ने, खानमन नलाग्ने, हातखुट सुनिने, कुरा बिर्षेने जस्ता लक्षण देखा पर्छन् । यस्तै अल्कोहलको कारण यो रोग देखा परेको छ भने बिर्सने बानी पनि देखा पर्छ । 

त्यस्तै लिभर सिरोसिस क्यान्सरको कारण पनि देखा पर्ने चिकित्सकहरु बताउँछन् । क्यान्सरको कारण देखा पर्दा बिरामी दुब्लाउँदै जाने, खान नरुच्ने र यो क्यान्सर शरीरका अरु भागमा समेत फैलन सक्ने संभावना बढी हुन्छ । 

पछिल्लो दिनमा लिभर सिरोसिस भएर अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको छ । चिकित्सकहरुका अनुसार पहिले मानिसहरुसँग अस्पताल र डाक्टरको पहुँच नभएर कम केश देखिएको पनि हुनसक्छ । तर जेहोस अस्पतालमा आउनेको संख्या दिनानुदिन बढि रहेको छ चिकित्सकहरु बताउँछन् । 

Last modified on 2016-05-19 19:01:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts