३३४ स्थानीय तह स्वास्थ्य समूहविहीन बन्दै 



Download our app to get more features

काठमाडौं, ७ वैशाख । सरकारले ल्याएको कर्मचारी पदस्थापन सम्बन्धी नयाँ संरचना कार्यान्वयनमा आएपछि देशभरका तीन सय ३४ स्थानीय तह स्वास्थ्य समूहका कर्मचारीविहीन बन्नेछन् ।

सरकारले तयार गरेको कर्मचार पदस्थापन संरचना अनुसार २५ हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा स्वास्थ्य समुहका कर्मचारीको दरबन्दी नै नभएका कारण स्वास्थ्यका कर्मचारीविहिन बन्न लागेको हो । देशभर २५ हजार भन्दा कम जनसंख्या भएका तीन सय ३४ स्थानीय तह (गाउँपालिका) छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सो संरचना १४ चैतको मन्त्रीपरिषद्बाट पारित भइसकेको छ ।

नया संरचना अनुसार हालसम्म दरबन्दी नतोकिएपछि ती गाउँपालिकामा कार्यरत स्वास्थ्य समूहका कर्मचारीमा पनि अन्यौल श्रृजना भएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय तहको गठनसँगै प्रत्येक गाउँपालिकामा कम्तीमा २ जना स्वास्थ्य समूहका कर्मचारीलाई खटाएको थियो । मन्त्रीपरिषद्बाट पारित स्थानीय तह संरचनामा २५ हजार भन्दा कम जनसंख्या भएका गाउँपालिकामा स्वास्थ्य समूहका कर्मचारीको दरबन्दी छैन ।’ स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले भने ‘हामीले प्रत्येक स्थानीय तहमा कम्तीमा २ जना पठाएका छौ, तर अब कर्मचारीलाई के गर्नै भन्ने अन्यौल छ ।’ 

‘संरचना बनाउँदा मन्त्रालयसँग समन्वय भएन’
संरचना बनाउँदा स्वास्थ्य मन्त्रालयसँग समन्वय नहुँदा यस्तो अवस्था आएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले बताए । सामान्य प्रशासनले बनाएको नयाँ संरचनालाई परिर्वतन गरी कम्तीमा एक जना स्वास्थ्य समुहका कर्मचारी रहनेगरी पुनः प्रस्ताव गर्ने तयारीमा भइरहेको उपसचिव खनालले बताए । नयाँ संरचना अनुसार देशभरका सबै तहमा गरी स्वास्थ्य समूहका ५ सय ४६ दरवन्दी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts