स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १४ वरिष्ठ चिकित्सक अभिनन्दित



Download our app to get more features

काठमाडौं, ८ वैशाख । नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य सेवा क्षेत्रमा अतुलनीय योगदान गर्ने १४ वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ ।

अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा चिकित्सकलाई अभिनन्दन गरिएको हो । 

समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाण्डे र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई  अभिनन्दन गरेकी थिइन्  ।
साथै उनले दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई सम्मान गरिन् ।  

अत्याधुनिक हेमोडायलाइसिस सेवा शुभारम्भ
रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा पनि शनिवारदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश ३ प्रमुख कोइरालाले उद्घाटन गरेकी छिन् । 

पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गरेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पु¥याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिकले गरेको योगदानको सराहना गरिन् ।  दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको प्रमुख अतिथि कोइरालाले बताइन् ।  

समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिए ।  

अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा  प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताए ।  तीस शैयाबाट नर्सिङ होमका रुपमा सेवा सञ्चालन गरेको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिकले हालसम्म ५० लाख जनालाई बरिरङ्ग सेवा उपलब्ध गराएको छ ।

Last modified on 2018-04-22 18:12:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts