हिमालपारीको जिल्लामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

मुस्ताङ, ८ बैशाख । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका स्थित कोबांग(नाउरिकोट गाउँमा बृहत आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको शिविरमा आयुर्वेद, योग र स्वस्थ जीवनशैली सम्बन्धि  निशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गरिएको छ ।  कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, समाजसेवी, राष्ट्रिय बुद्धि विकास आधारभूत विद्यालय र  श्री जन आदर्श मा. वि.का शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय नागरिक सहभागी भए । 
उक्त कार्यक्रममा बोल्दै जनआदर्श विद्यालयका प्रधानाध्यापक श्री खेमनारायण कोइरालाले आयुर्वेद सेवाबाट बन्चित गाउँमा स्वास्थ्य शिविरको रुपमा भएपनि सेवा लिन पाएकोमा स्थानीयको तर्फबाट समेत धन्यबाद दिए । दीर्घ एवं नसर्ने रोगमा प्रभावकारी र पार्श्व प्रभाव (साइड इफेक्ट) रहित आयुर्वेद सेवा पाउनुपर्ने नागरिकको अधिकारलाई  सरकारले सम्मान गर्दै थासांग गाउँपालिका आयुर्वेद अस्पताल खोल्नुपर्ने कार्यक्रमका वक्ताहरुले माग गरे । 

कार्यक्रमका अध्यक्ष आयुर्वेद चिकित्सक डा. शंकर गौतमले मुस्ताङ जिल्ला अन्तर्गत जोमसोम, कागबेनी, लोमान्थाङ लगायत स्थानबाट आयुर्वेदको सेवा प्रवाह गरेको जानकारी गराउंदै तल्लो भेगका मुस्तांगबासी अझ बिशेष गरि थासांग गाउँपालिकाका नागरिक आयुर्वेद स्वास्थ्य सेवा बाट बन्चित रहेको कारण आम्ची सेवालाई समेत समेटेर आयुर्वेद सेवा विस्तारको कार्ययोजना निर्माण गरि अगाडी बढ्न सुझाव दिए । स्थानीय सरकार आत्मनिर्भर बन्न समेत आयुर्वेदमा लगानी गरि औषधि आयात र परनिर्भरता घटाउन पर्ने उनको भनाइ छ । जटामसि, पाँचऔले, निर्मसी, यार्शागुम्बा लगायत  जडिबुटीको राम्रो उत्पादन हुने ठाउँमा जडिबुटी खेति प्रोत्साहन गर्न तथा उक्त जडिबुटीको भ्यालु एड गरि निकासी गर्न जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको स्थापनामा समेत डा. गौतमले जोड  दिए । 

शिविरमा थासाङ गाउँपालिका स्थित कोबांग, लार्जुंग, नाउरिकोट, ताक्लुंग, लेते लगायत गाउँबाट आएका १४३ जना सेवाग्राहीले बाथ तथा अन्य जोर्नी रोग, अम्लपित्त, उच्च रक्तचाप, छालाका रोग, बाल रोग, स्त्री रोग लगायत विभिन्न रोगको आयुर्वेद उपचार गरिएको डा. गौतमले हाम्रो डक्टरलाई जानकारी दिए । 
 

Last modified on 2018-04-22 10:21:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts