ग्रीन टी पिउनाले प्रभावित हुन्छ प्रजनन क्षमता !



Download our app to get more features

एजेन्सी । ग्रीन टी पिउन जो कोहीलाई पनि मन पर्छ किनी की ग्रीन टी स्वास्थ्य र सौन्दर्यको लागि निकै फाइदाजनक हुन्छ । तर, ग्रीन टी को सेवनले केही यस्ता नोक्सान पनि हुन्छन् जसले तपाईंलाई आश्चर्यमा पार्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार ग्रीन टी पिउनाले प्रजनन क्षमता प्रभावित हुने गर्छ । सामान्यतया ग्रीन टी चियाको तुलनामा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ तर, एक अध्ययनमा ग्रीन टी लगातार सेवन गर्नाले प्रजनन क्षमतामा प्रतिकूल प्रभाव पार्छ भन्ने तथ्य दावी गरिएको छ ।

क्यालिफोर्नियाको इरविन यूनिभर्सिटीका एक टोलीले फ्रूट फ्लाइज (फलमा हुने माहुरी) मा गरिएको परीक्षणमा ग्रीन टी को अत्यधिक सेवनले उनको विकास र प्रजनन क्षमता प्रभावित हुने कुरा पत्ता लागेको छ । 
वैज्ञानिकका अनुसार, ‘ग्रीन टी को बढ्दो लोकप्रियता र यसको सेवन गर्नेहरुको संख्या लगातार बढ्दै जाँदैछ जुन गलत होे । ग्रीन टी वा अन्य कुनै प्राकृतिक उत्पादनको अत्यधिक सेवन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।’

फार्मास्युटिकल साइन्सेजका महताब जाफरीका अनुसार, ‘ग्रीन टी को उचित सेवनले स्वास्थ्यमा अनुकूल प्रभाव पार्छ, त्यसैले यसको अत्यधिक सेवन शरीरको लागि हानिकारक हुन सक्छ ।’

उनले कुनै ठोस निर्णय दिनुभन्दा पहिले यस विषमा धेरै अध्ययन भइरहेकाले ग्रीन टी धेरै नपिउन सुझाव दिएका छन् । 

वैज्ञानिकहरुले ड्रोसोफिला मेलानोगास्टर फ्रुट फ्लाईमा ग्रीन टी को हानिकारक प्रभावलाई कम परीक्षण गरिएको बताएका छन् । जुन माहुरीको लार्भा र भ्रुण ग्रीन टी पलीफिनाल्स (एन्टी अक्सीडेन्ट) को विभिन्न मात्राको अधिनमा हुन्छ र उनको सन्तानमा विस्तारै गतिको विकास र बदलाव हुने वैज्ञानिकहरुको भनाई छ ।

जाफरीका अनुसार कि ग्रीन टी को उच्च मात्रामा सेवनका कारण कोषहरु मर्न थाल्छन् । 

उनले भने, ‘केमेलिया सिनेसिसबाट उत्पन्न ग्रीन टी संसारमा आफ्नो गुणको लागि प्रसिद्ध छ । तर, जब यसको परीक्षण मुसा र कुकुरमाथि गरियो अनि ग्रीन टी को अत्यधिक मात्रामा सेवनका कारण उनको तौल कम हुन थाल्यो र भ्रुणको विकास पनि प्रभावित भयो ।’

‘हामी ग्रीन टी र अन्य प्राकृतिक उत्पादकको उचित मात्राको जानकारीका लागि माहुरीमाथि परीक्षणको तयारी गर्दैछौं । त्यसपछि मानवका लागि ग्रीन टी को सहि र उचित मात्राको बारेमा जानकारी दिनका लागि सक्षम हुहुनेछौं' उनले भने । 

 

(‘फंग्शनल फूड्स’ पत्रिकामा प्रकाशित अध्ययनको आधारमा)

Last modified on 2018-04-22 18:12:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts