जडीबुटी प्रशोधन उद्योग स्थापना



Download our app to get more features

इलाम, १० वैशाख । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् । 

स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थाेपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गरेका हुन् । 

उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसींगरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन गरिरहेको दाहालले बताए । धुपीबाट उत्पादित तेल बाथको रोग भएका र ढाड दुख्ने आदि समस्या भएका व्यक्तिलाई उपयोगी हुने बताइएको छ । 

यस्तै मेन्थाको तेल दाँत दुख्ने, मुख र पेटको समस्यामा उपयोगी हुने छ । यस्तै जडीबुटीबाट प्रशोधित तेल अत्तर बनाउन पनि उपयुक्त रहेको छ । 

विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने यस्ता जडीबुटीजन्य तेलको माग उच्च भए पनि बजार पूर्णरूपमा पाउन नसकेको दाहालले बताए । उनले निजी आवादीमा मेन्था, धुपी, धसींगरे, टिमुरजस्ता वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्न स्थानीयलाईसमेत आग्रह गरे ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts