सर्वोच्च अदालत भित्र पनि ‘हेल्थ डेक्स’



Download our app to get more features

काठमाडौं, ११ वैशाख । सिंहदरबारको सिको गर्दै सर्वोच्च अदालतले पनि अदातल परिसर भित्र ‘हेल्थ डेक्स’ राख्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । 

सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयलाई औपचारीक पत्र पठाउँदै काजमा स्वास्थ्यकर्मी उपलब्ध गराईदिन अनुरोध गरेको हो । केही समय अघि मात्रै सिंहदरबार भित्र हेल्थ डेक्स स्थापना गरेसंगै सर्वोच्च अदालतबाट पनि उक्त माग आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

सर्वोच्च अदालतका उप रजिष्ट्रार नगेन्द्र कुमार कालाखेती द्धारा हस्ताक्षरीत पत्र सोमबार स्वास्थ्य मन्त्रालय पुगेको छ । 

कर्मचारी र सेवाग्राहीको सुरक्षाको लागी हेल्थ डेक्स
सर्वोच्च अदालतले बताए अनुसार सर्वोच्च अदालत भित्र ५ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । दैनिक १ हजार भन्दा बढीको संख्यामा सेवा ग्राही अदालतमा सेवाका लागि प्रवेश गर्छन । दैनिक ५ सय भन्दा बढी कानुन व्यवसायी बहसका लागि आउने गरेका छन् । उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै हेल्थ डेक्स संचालन गर्नुपर्ने उपयुक्त हुने छ । अदालतको कामको प्रकृति समेतका आधारमा दैनिक रुपमा उल्लेख्य मानिसहरु मध्ये कोही न कोही आकस्मिकरुपमा बिरामी हुने गरेका कारण सो समस्यालाई दृष्टिगत गरी हेल्थ डेक्स संचालनमा ल्याउन उप कालाखेतीले आग्रह गरे । उनले आवश्यक औषधि र उपकरण समेतको व्यवस्था गरिएको भन्दै सो कक्षलाई नियमित रुपमा सेवा संचालन गरी आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नको लागि एक जना चिकित्सक र न्युनतम दुई जना स्वास्थ्यकर्मी काजमा उपलब्ध गराउन आग्रह गरे । 
 

Last modified on 2018-04-24 08:13:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts