झापामा औलो रोगी आधा घटे



Download our app to get more features

काँकडभिट्टा, १३ वैशाख । झापामा औलोको संक्रमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । 

कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर हिजो भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराएका हुन् ।  
तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी रहेका थिए । तर, सो सङख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाखसम्ममा सो सङख्या अझ घटेर ४ जनामात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाँइको भनाई छ । 

विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उनको भनाई छ ।  उनले जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिरामी पाइएको बताए । 

रोगको निदान गर्नका लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको समेत उनले जानकारी दिए । जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा सातसय किटनाशक झुल वितरण गरिसकेको बताए ।

उनले औलोको सङमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको बताए ।उनले खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीका कारण पनि सङ्व्रmमण फैलिएको बताउँदै औलो उन्मूलन गर्न अझै केही समय लाग्ने बताए ।

झापाका प्रभावित स्थानीय तहका वडामा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने योजना रहेको जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर वेदप्रकाश घिमिरेले बताए । रासस

Last modified on 2018-04-26 11:54:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts