राष्ट्रपति भण्डारीद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी 



Download our app to get more features

काठमाडौं, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी छिन् ।
 
सरकारले गरेको सिफारिस स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले विहीवार चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले चिकित्सासँगै अन्य चारवटा अध्यादेशसमेत जारी गरेकी छिन् । 

बजेट अधिवेशन चलिरहेका कारण सरकारले संसदमा प्रतिस्थापन विधेयक पेश गर्न सकिरहेको थिएन । यस्तो अवस्थामा सरकारले  चिकित्सा अध्यादेशलाई ऐनको रुप दिन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । 
 
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चिकित्सा अध्यादेश जारी भएको थियो । देउवा सरकारले जारी गरेको उक्त अध्यादेश आगामी वैशाख २० गते निस्क्रिय हुँदै थियो । अध्यादेश निष्क्रिय भएमा पुनः मस्यौदा गरी पेश गर्नुपर्ने हुन्थ्यो । त्यसैले अध्यादेश निष्क्रिय हुनु अगावै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले चिकित्सा अध्यादेश जारी गरेकी हुन्  ।  

 
 

Last modified on 2018-04-27 09:01:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts