डोल्पामा पाठेघरको निःशुल्क शल्यक्रिया गरिदैं 



Download our app to get more features

डोल्पा १४, बैशाख  ।जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिने भएको छ ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । 

बेहोस बनाउने बिशेषज्ञ,बालरोग बिशेषज्ञ,महिला तथा स्त्रीरोग बिशेषज्ञ र सामान्य चिकित्सक बिशेषज्ञ सहित ४ जना बिशेषज्ञ र अन्य चिकित्सक सहित ७ जनाको बिशेष टोलिले पहिलो पटक डोल्पामा नि–शुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाका मेडिकल सर्जक डक्टर अनुप मंल समालले जानकारी दिए । उनका अनुसार दुर्गम डोल्पामा प्रतिष्ठानले महिलाहरुकै पाठेघरको समस्यालाइ शल्यक्रिया गर्ने उद्देश्यले नि–शुल्क शिबिरको आयोजना गरिएको बताए । 

बैशाख १४ गतेबाट हुने नि–शुल्क शिबिरमा जिल्लाका १० जना महिलाको शल्यक्रिया गरिने नाम तयार भएको डक्टर समालले जानकारी दिए । उलने भने ७ जना आजसम्म सम्पर्कमा आएको र अन्य पनि शिबिरिको अबधिभरमा आएर शल्यक्रिया गरिने छ । 

तिन महिना पहिले देखि नै जिल्लाका सबै स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मिहरुलाइ महिलाको पाठेघरको शल्यक्रिया हुनेबारे तालिम दिएर स्वास्थ्य चौकिमा पठाएकोले जिल्लाभर प्रचारप्रशार राम्रो संग पुगेको सुचना अधिकारी तारा बोहराले बताइन । उनका अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डोल्पामा गर्न लागेको यो शिविरको फाइदा धेरै पाठेघरका समस्या भएका महिलाहरुले लिन सक्ने जानकारी दिइन । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts