प्रदेश मै केन्द्रीय स्तरको गंगालाल 



Download our app to get more features

काठमाडौं,१४ वैशाख । देश संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा पनि यसको प्रभाव परिरहेको छ ।
राजधानीमा मात्र सीमित रहेका ठूला र नाम चलेका अस्पतालहरु अब प्रदेश स्तरमा पनि स्थापना हुने भएका छन् । यसैक्रममा गंगालाल अस्पताल बाँसबारी संघीयतामा कसरी अगाडि बढ्ला त ? भन्ने विषयमा अस्पतालका निर्देशक जोतेन्द्र शर्मा यसो भन्छन्ः

मुटुरोग रोकथाम, निदान र अन्य सेवाहरु विस्तार गर्न सरकारले आवश्यक ठानेर गंगालाल अस्पताल स्थापना गरेको हो । ९ शय्याबाट सुरु भएको गंगालाल ऐन नियम निर्माण भएसँगै अहिले २ सय शय्याको भएको छ । बिरामीको चाप अत्याधिक बढेको छ । कुनै बेला बिरामी कुरेर चिकित्सक बस्नुपर्ने अवस्था थियो । अहिले बिरामीले चिकित्सक कुर्नु पर्ने अवस्था छ । 

पहिलो वर्ष दुई सय ३० जनाको शल्यक्रिया गरेको गंगाललाले हाल वार्षिक १८ सयको शल्यक्रिया गर्दै आएको छ । ६० हजार जनाको हरेक वर्ष ईको कार्डियोग्राम गर्दै आएको छ । ७ हजार भन्दा बढी क्याथ प्रसुड्युस हुन्छ । परिणममा वृद्धिसंगै केन्द्रले दिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि कुनै कमी छैन ।

संख्यामात्रै बढेर हुँदैन त्यसको गुणस्तर पनि वृद्धि हुनु पर्छ भनेर हामीले त्यसलाई गम्भीरताका साथ लिएका छौ । गंगालालसंगै मनमोहन कार्डियो भास्कुलर सेन्टर संचालनमा छ, तर, त्यो पर्याप्त सेवा प्रदायक छैन । देशभरीका बिरामी गंगालाल आएसंगै यसको चाहना पनि बढ्दै गएको अनुमान लगाउन सकिन्छ । 

संघीयतामा प्रतिस्पर्धाको विकल्प छैन 
देश संघीय संरचनामा गएको अवस्थामा त्यसलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प केन्द्रसँग छैन । हामीले उपत्यका बाहिरका जनतालाई पनि उपचारमा सहजता आओस् भनेर सेवा विस्तार गर्ने लक्ष्य अनुसार नेपालगञ्जको भेरी अञ्चल अस्पतालसँग सम्झौता भएको छ । केही महिनाभित्रै त्यहाँ क्याथ ल्याब सुरु हुनेछ ।
जनकपुर अञ्चल अस्पतालमा पनि प्रदेश दुईलाई मध्यनजर गरेर सेवा सुरु गर्ने तयारीमा छौं । जनकपुरमा आफ्नै शाखा खोल्दै छौ । यसका लागि सरकारले तीन करोड दिएको छ । बजेट स्वीकृत हुनासाथ सेवा प्ररम्भ गर्नेछौं । तीन वर्ष भित्र सेवालाई केन्द्रीय स्तरको बनाउने लक्ष्यका साथ अगाडि बढ्ने जमर्को गरेका छौं । 

केहि समय अगाडि बोर्ड बैठकले सातै प्रदेशमा गंगालालको सेवा विस्तार गर्ने प्रस्ताव पास गरेको छ हामी मन्त्रालयको निर्णय कुरेर बसेका छौं ।

प्रदेशका जनताले गंगालालमा भएको सेवा त्यहिबाट पाउन भन्ने हाम्रो लक्ष्य हो । अब केनद्रको गंगालालले गम्भीर केसहरू मात्रै हेर्नेछ । सामान्य केस प्रदेशका अस्पतालले हेर्ने र गम्ंभीर केसलाई केन्द्रले उपचार गरेको खण्डमा समयमा विरामीले स्वास्थ्य उपचार पाउने छन् । कसैले महिनौं सम्म उपचारको समय कुरेर बस्नु पर्ने छैन । 
(हाम्रो डक्टर मासिकबाट)
 

Last modified on 2018-07-13 13:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts