लामखुट्टेको अस्तित्व संसारबाटै समाप्त पारिएमा यस्तो हुनसक्छ 



Download our app to get more features

बीबीसी,१४ वैंशाख । लामखुट्टे यति खतरनाक जीव हो की यसले संसारमा धेरै रोग फैलाइरहेको हुन्छ ।

यसका कारण प्रत्येक वर्ष १० लाख मानिसले अकालमा ज्यान गुमाइरहेका हुन्छन् । उदाहरणका लागि जिका भाइरस रोग सार्ने काम पनि लामखुट्टेले नै गरिरहेको हुन्छ । यस भाइरसका कारण दक्षिण अमेरिकी देशमा कयौ हजार बच्चा यस्ता जन्मिएका छन् की थए जसको मस्तिष्क पूरा तरिकाले ठीक हुन सकेन ।

यस्तो बैगुनी  लामखुट्टेलाई के दुनियाँबाट पत्तोसाफ गरिदिन पर्ला त ?पूरा संसारमा करिब ३५ सय प्रजातिका लामखुट्टेहरु पाइन्छन् । यी सबैले मानिसलाई दुख भने दिदैनन् । कतिपय लामखुट्टेहरु त फूल र फलको रस खाएर मात्र आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् । ६ प्रतिशत पोथी लामखुट्टे मात्र आफ्नो अण्डा उत्पादनका लागि रगत चुस्ने गर्दछन् ।

यसमध्ये पनि आधा संख्याका लामखुट्टेले मात्र आफूभित्र रोगका किटाणु बोकेर हिड्ने गरेका हुन्छन् ।तर पनि यसको असर मानव स्वास्थ्यका लागि निकै खतरनाक सावित हुने गर्दछ । यदि दुनियाँभरबाटै लामखुट्टेको अस्तित्व समप्त पारिदियौ भने यसको असर के पर्ला त ? यो विषय पनि अहिले वैज्ञानिकहरुबीच बहसको विषय बनिरहेको छ ।

अमेरिकाको फ्लोरिडाका कीट वैज्ञानिक फिल लोनीबस भन्छन्–लामखुट्टेलाई संसारबाटै पूर्णरुपमा हटाउँदा यसका कयौ साइडइफेक्टहरु पर्न सक्दछन् । उनी भन्छन्–धेरैजसो लामखुट्टेले फूल तथा फलहरुको रस चुस्ने गर्दछन् । जसका कारण परागको साटासाट भई फूलहरु फलमा परिणत हुन सक्छन् । चमेरा तथा माछाको मुख्य आहार पनि लामखुट्टे नै हो । यदि लामखुट्टे सखाप पारिएमा त्यसको असर अन्य जीवको आहारामा पनि पर्न जाने छ । 
 

Last modified on 2018-04-30 13:23:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts