सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने नयाँ प्रस्ताव



Download our app to get more features

बनियानी,  १४झापा ।  वैशाख जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मातहतका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ४९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए।

उनका अनुसार तलब–भत्ता, औषधि खरिद, जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनेछ ।

‘जनस्वास्थ्यसम्बन्धी क्रियाकलाप स्थानीय तहबाटै हुन्छ’, उहाँले भन्नुभयो, केन्द्रीय कार्यक्रम मात्र अब जनस्वास्थ्यले गर्नेछ ।’ जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने नयाँ प्रस्ताव गरेको उनले बताए ।

सतहत्तरवटा जिल्लामा संघीय स्वास्थ्य इकाइ राख्ने र केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय गरेर अत्यावश्यक काममा बाधा नहुने गरी कुनै क्रियाकलाप नगर्न प्रस्ताव गरेको उनले जानकारी दिए । रासस

Last modified on 2018-04-27 15:42:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts