दाङमा नौ महिनामा औलोका १५ बिरामी फेला 



Download our app to get more features

दाङ, १४ वैशाख । नौ महिनाको अवधिमा दाङमा १५ जना औलोका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

गतवर्ष जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ कार्यालयका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिए । 
उनका अनुसार पछिल्लो समयमा जिल्लामा औलो रोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि औलो रोगको जोखिम भने हटेको छैन । सो रोग निवारण गर्न सरोकारवाला निकाय, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताए ।  सबैको सहयोगले मात्र नेपाललाई सन् ०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुँदै आएका छन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गर्छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका बढी छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts