पाटन अस्पतालमा छैन ‘आमा सुरक्षा कार्यक्रम’ 



Download our app to get more features

ललितपुर, १५ वैशाख । ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । 

महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको माग गर्दै आएका थिए । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीँका निजी अस्पताल जान बाध्य भएको बताउनुहुन्छ । उनी भन्छन्  “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।” 

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृशिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा २० मातृशिशु क्लिनिक छन् । ती क्लिनिकलाई ‘बर्थिङ सेन्टर’ बाट सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्छन् “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीबहरु सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन् । 

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उनी भन्छन्, “जनप्रतिनिधिले एक वर्ष मात्रै काम गरेकाले अझै आशा गर्ने समय छ ।” लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागु गरेको छैन । 
 

Last modified on 2018-04-28 09:29:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts